मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

मदिरा तथा लागु औषध विरुद्ध देशव्यापी जागरण अभियान सुरु

यूथ टुडे समाचारदाता 3514+ समाचार ( )
१२ असार २०८१, बुधवार

बाँके । इस्लामी संघ नेपालले मदिरा तथा लागु औषध विरुद्ध देशव्यापी जागरण अभियान सुरु गरेको छ ।

लागुऔषध दुर्व्यसन र अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २६ जुनका अवसरमा सङ्घको आयोजनामा दर्जनौँ जिल्लामा विद्यालय केन्द्रित कार्यक्रम सम्पन्न भएको छ ।

यस क्रममा सङ्घले बाँके, कपिलबस्तु, काठमाडौँ, रुपन्देही, चितवन, विराटनगरलगायत जिल्ला शाखाले विभिन्न शैक्षिक प्रतिष्ठानमा सचेतना कार्यक्रम आयोजना गरेको संघका प्रदेश प्रमुख डा.उबेदुररहमान खानले जानकारी दिनुभयो ।

मुस्लिम आयोगका सदस्य मोहम्मदीन अलिले लागुऔषधको अवैध ओसारपसार तथा सेवन नेपालका लागि चुनौतीको विषय बनेको उल्लेख गर्नुहुँदै यसको दुरुपयोगका विरुद्ध लड्न सिङ्गो मुलुक एकताबद्ध हुनुपर्ने बताउनुभयो । उहाँले लागुऔषधको अवैध ओसारपसार तथा सेवन अन्त्यका लागि इस्लामी संघ जस्तै सबै संघ संस्थाले भूमिका निर्वाह गर्न जरुरी रहेको बताउनुभयो । 

सो अवसरमा इस्लामी सङ्घद्वारा तयार गरिएको लागुऔषध दुर्व्यसनविरुद्ध अभियान शीर्षकको अवधारणापत्र प्रस्तुत गरिएको थियो । अवधारणापत्रमा मूलतः युवापुस्तालाई दुर्व्यसनबाट जोगाउने उद्देश्यले लागुऔषध दुर्व्यसनमुक्त विद्यालय, लागु औषध दुर्व्यसनमुक्त समुदाय र लागुऔषध दुर्व्यसनमुक्त कार्यस्थलमा जोड दिँदै यसका लागि अभिभावक, विद्यालय र समुदायको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइएको थियो ।

दुर्व्यसनमुक्त विश्वको लक्ष्य हासिल गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा ७ डिसेम्बर १९८७ मा पारित प्रस्तावअनुसार हरेक वर्ष २६ जुनका दिन लागुऔषध दुर्व्यसन र अवैध ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ ।

इस्लामी सङ्घले पनि लागुऔषध दुर्व्यसनविरुद्ध अभियान सञ्चालन गर्दै आएको संघका अध्यक्ष नजरुल हसन फलाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार