मुख्य समाचार
"नागरिक उत्तरदायित्व तथा गुणस्तरीय सेवा प्रवाहका लागि प्रहरी प्रतिबद्ध छ" | स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरण गर्न राप्ती सोनारीमा महोत्सव गरिदै | जामा मस्जिदको बिवाद उग्र, वडामा ताला लगाएर जिल्ला प्रशासनको कम ठप्प पार्ने मुस्लिमहरुको चेतावनी | नरैनापुरमा छैठौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु | थुनछेक बहस नसकिएपछि लामिछाने प्रहरी हिरासतमा | सामाजिक सञ्जालको अराजकता नियमन गर्नुपर्‍यो भन्दै मन्त्रालयमै गुनासो आउँछ : मन्त्री गुरुङ | बाँकेमा एचपीभी खोप अभियान सुरु | ७५ जना सुत्केरी महिलाहरूलाई फ्रीडम कीट ब्याग वितरण | प्रचण्डको सचिवालय हेर्ने जिम्मेवारी गोविन्द आचार्यलाई | हतारमा पार्टी एकता नगर्ने प्रचण्डको मुड |

मदिरा तथा लागु औषध विरुद्ध देशव्यापी जागरण अभियान सुरु

यूथ टुडे समाचारदाता 2442+ समाचार ( )
१३ असार २०८१, बुधवार

बाँके । इस्लामी संघ नेपालले मदिरा तथा लागु औषध विरुद्ध देशव्यापी जागरण अभियान सुरु गरेको छ ।

लागुऔषध दुर्व्यसन र अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २६ जुनका अवसरमा सङ्घको आयोजनामा दर्जनौँ जिल्लामा विद्यालय केन्द्रित कार्यक्रम सम्पन्न भएको छ ।

यस क्रममा सङ्घले बाँके, कपिलबस्तु, काठमाडौँ, रुपन्देही, चितवन, विराटनगरलगायत जिल्ला शाखाले विभिन्न शैक्षिक प्रतिष्ठानमा सचेतना कार्यक्रम आयोजना गरेको संघका प्रदेश प्रमुख डा.उबेदुररहमान खानले जानकारी दिनुभयो ।

मुस्लिम आयोगका सदस्य मोहम्मदीन अलिले लागुऔषधको अवैध ओसारपसार तथा सेवन नेपालका लागि चुनौतीको विषय बनेको उल्लेख गर्नुहुँदै यसको दुरुपयोगका विरुद्ध लड्न सिङ्गो मुलुक एकताबद्ध हुनुपर्ने बताउनुभयो । उहाँले लागुऔषधको अवैध ओसारपसार तथा सेवन अन्त्यका लागि इस्लामी संघ जस्तै सबै संघ संस्थाले भूमिका निर्वाह गर्न जरुरी रहेको बताउनुभयो । 

सो अवसरमा इस्लामी सङ्घद्वारा तयार गरिएको लागुऔषध दुर्व्यसनविरुद्ध अभियान शीर्षकको अवधारणापत्र प्रस्तुत गरिएको थियो । अवधारणापत्रमा मूलतः युवापुस्तालाई दुर्व्यसनबाट जोगाउने उद्देश्यले लागुऔषध दुर्व्यसनमुक्त विद्यालय, लागु औषध दुर्व्यसनमुक्त समुदाय र लागुऔषध दुर्व्यसनमुक्त कार्यस्थलमा जोड दिँदै यसका लागि अभिभावक, विद्यालय र समुदायको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइएको थियो ।

दुर्व्यसनमुक्त विश्वको लक्ष्य हासिल गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा ७ डिसेम्बर १९८७ मा पारित प्रस्तावअनुसार हरेक वर्ष २६ जुनका दिन लागुऔषध दुर्व्यसन र अवैध ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ ।

इस्लामी सङ्घले पनि लागुऔषध दुर्व्यसनविरुद्ध अभियान सञ्चालन गर्दै आएको संघका अध्यक्ष नजरुल हसन फलाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार