मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

यस्तो छ रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
६ असार २०८३, शनिबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगका प्रमुख भुवन केसीले सार्वजनिक गरेको कार्यतालिकाअनुसार महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली असार ६ गते राति साढे ८ बजे पार्टीको वेबसाइटमार्फत प्रकाशन गरिनेछ ।

कार्यतालिकाअनुसार महाधिवेशन प्रतिनिधिमाथि दाबी तथा विरोध असार ७ गते राति साढे ८ बजेसम्म चितवन औद्योगिक प्रदर्शनी केन्द्रस्थित निर्वाचन आयोगको सम्पर्क सचिवालयमा दर्ता गर्न सकिनेछ । 

सोही दिन राति ११ बजेसम्म महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली पार्टीको वेबसाइट तथा निर्वाचन आयोगको सम्पर्क सचिवालयमा प्रकाशन गरिने जनाइएको छ ।

उम्मेदवारी मनोनयनका लागि फाराम वितरण असार ८ गते दिउँसो १ बजेदेखि सुरु हुनेछ । उम्मेदवारी मनोनयन पत्र दर्ता सोही दिन दिउँसो २ बजेदेखि ४ बजेसम्म हुने कार्यतालिकामा उल्लेख छ । उम्मेदवारहरूको प्रारम्भिक नामावली असार ८ गते साँझ ६ बजे सार्वजनिक गरिनेछ ।

उम्मेदवारविरुद्ध दाबी तथा विरोध दर्ता गर्ने समय असार ८ गते साँझ ६ बजेदेखि ७ बजेसम्म तोकिएको छ । दाबी तथा विरोध परेका उम्मेदवारबारे जाँचबुझ बेलुकी ७ बजेदेखि ९ बजेसम्म गरिनेछ भने उम्मेदवारी फिर्ता लिने अन्तिम समय बेलुकी सवा ९ बजेसम्म निर्धारण गरिएको छ।

उम्मेदवारहरूको अन्तिम नामावली असार ८ गते राति ११ बजे प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । कार्यतालिकाअनुसार पार्टी सभापति तथा केन्द्रीय सदस्यहरूको निर्वाचनका लागि पहिलो चरणको मतदान असार ९ गते बिहान साढे ८ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ ।

मतगणना तथा मत परिणामको घोषणा मतदान सम्पन्न भएको दुई घण्टापछि गरिने जनाइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार