मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

एमसीसी बिरुद्ध नेपालगञ्जमा प्रदर्शन, काठमाडौंमा १३७ जना पक्राउ

महमूद आलम खान 1133+ समाचार ( )
अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताविरुद्ध प्रदर्शनमा उत्रेका १३७ जना पक्राउ परेका छन् ।
४ फाल्गुन २०७८, बुधवार

काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताविरुद्ध प्रदर्शनमा उत्रेका १३७ जना पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरीका अनुसार उनीहरु काठमाडौं उपत्यका विभिन्न ठाउँबाट पक्राउ परेका हुन् । पक्राउ परेकाहरुलाई नगर प्रहरी कार्यालय, भृकुटीमण्डसहित विभिन्न प्रहरी कार्यालयमा राखिएको छ ।

बुधबार राप्रपाका २१ भ्रातृ संगठन, अन्य ६ दल, माओवादी केन्द्रको भ्रातृ संगठनसहितले संसद भवन स्थल बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए ।

बानेश्वर क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ । प्रदर्शनकारीले ढुंगामुडा गरेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ । भीडलाई तितरवितर पार्दै विभिन्न व्यक्तिलाई पक्राउ गरेको हो ।

यसै गरी बाँकेको नेपालगञ्जमा राप्रपाले एमसिसिका बिरुद्ध बिरोध प्रदर्शन गरेको थियो ।  प्रदर्शनमा राप्रपा युवा तथा एंव नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष मोहम्मद सफिक बेहना, रबि बर्मा, इन्दिरा शाही लगायतका नेताहरुले एमसिसि पास गर्न पाइदैन, नेपाल सरकार मुर्दावाद लगायतका नाराहरु लगाउदै प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार