मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

जनतालाई केन्द्रमा राखेर प्रभावकारीरुपमा सेवा प्रवाह गर्छु - मन्त्री अनिता

यूथ टुडे समाचारदाता 3600+ समाचार ( )
२९ श्रावण २०८०, सोमबार

काठमाडौं । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवीले जनतालाई केन्द्रमा राखेर प्रभावकारीरुपमा सेवा प्रवाह गर्ने बताएका छन् ।

सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आज पदभार ग्रहण गर्दै उनले सहज र छरितो ढङ्गले जनतालाई सेवा दिनु नै आफ्नो पहिलो प्राथमिकता भएको बताए ।

मन्त्री अनितादेवीले सङ्घीयतालाई कायम राख्दै सुशासनयुक्त प्रभावकारी सेवा प्रवाह दिनेमा अग्रसर रहनेसमेत प्रतिबद्धता व्यक्त गरे । आमनागरिकलाई सहज र सुलभ सेवा कसरी दिनेभन्ने बारेमा आफू सचेत रहेको उनको भनाइ छ ।

त्यस्तै निवर्तमान सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले नवनियुक्त मन्त्री साहलाई स्वागत गर्दै आफूले गर्न नसकेको काम पूरा गर्न सुझाव दिए

उनले भने, ‘सङ्घीय निजामती सेवा ऐनदेखि संविधानले दिएको स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रसम्बन्धी विधेयक अगाडि बढाउन सकिन नवनियुक्त मन्त्रीले यसलाई पूरा गर्ने विश्वास लिएको छु ।’

निवर्तमान मन्त्री मोदीले आफूलाई प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठकमा राम्रो काम गरेकामा धन्यवाद दिएको बताउँदै सुखद बिदाइ हुन पाएकामा खुसी व्यक्त गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार