मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेस

महमूद आलम खान 1133+ समाचार ( )
विपक्षी दलहरुको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम)ले प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्ताव पेस गरेको हो ।
२५ फाल्गुन २०७८, बुधवार

एजेन्सी ।  पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ । विपक्षी दलहरुको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम)ले प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्ताव पेस गरेको हो ।

लाहोरमा केही हप्ता अगाडि बसेको मुभमेन्टको बैठकमा यसका प्रमुख फजजुर रहमानले वर्तमान सरकारलाई अवैध भन्दै अविश्वास प्रस्ताव पेस गर्नुपर्ने बताएका थिए । त्यसका लागि सबै सहयोगी दलहरुसँग सम्पर्क गर्ने र सरकारको समर्थन फिर्ता लिन आह्वान गर्ने उनले बताएका थिए ।

पाकिस्तानको संविधान अनुसार अविश्वास प्रस्ताव पारित गर्न संसदमा साधारण बहुमत भए पुग्छ । पाकिस्तानको संसदमा ३४२ सदस्य छन् । यसअनुसार अविश्वास प्रस्ताव पारित गर्न यसको पक्षमा १७२ भोट भए पुग्छ । त्यसैले विपक्षी गठबन्धन अविश्वासको प्रस्तावको पक्षमा बहुमत पुर्याउन सक्रिय छ ।

इमरान खानको पार्टी पीटीआईसँग संसदमा १५५ सिट छ । उनको सरकार गठबन्धनका सहयोगी दलहरुको समर्थनमा चलिरहेको छ ।

इमरान खान नेतृत्वको सरकारका प्रमुख साझेदार दल पाकिस्तान मुस्लिम लीग कायद-ए-आजम (पीएमएल-क्यू) र मुत्ताहिदा कौमी मुभमेन्ट हुन् । यी पार्टीका नेताहरुले सरकारको सार्वजनिक रुपमा आलोचना गर्दै आएका छन् । यिनै आलोचक दलहरुलाई आफ्नो पक्षमा ल्याउन विपक्षी गठबन्धन सक्रिय छ । यद्यपि यी सहयोगी दलहरु इमरान खानको विपक्षमा उभिने स्पष्ट संकेत अहिलेसम्म नदेखिएको बीबीसीले जनाएको छ ।

विपक्षी दलहरुले उच्च महँगीलाई प्रमुख मुद्दा बनाएर सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएका छन् । विपक्षीको विरोधलाई रोकथाम गर्ने प्रयासमा प्रधानमन्त्री खानले पेट्रोलको मूल्य र बिजुलीको महसुलमा केही कटौतीको निर्णय गरेका छन् । साथै सामाजिक कल्याण योजना अनुसार अधिक अनुदान दिने लगायतको घोषणा पनि खानले गरेका छन् ।

पूर्व राष्ट्रिय क्रिकेट खेलाडी इमरान खानले पाकिस्तानको प्रधानमन्त्री पद सन् २०१८ को अगष्टदेखि सम्हालिरहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार