मुख्य समाचार
लैंङ्गिक तथा जलवायु परिवर्तन (पाठ्यक्रम) सम्बन्धी तालिम शुरु | पत्रकार गुप्ताद्वय माथि आक्रमण, आक्रमण गर्नेहरु माथि कारवाही गर्न दबाब | अत्याधुनिक सभा गृहको ९९ प्रतिशत काम सम्पन्न | क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित हुनुमा दोषी को ? | नवरात्रको पहिलो दिन : देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो | बंगलादेशसँग बिजुली निर्यातसम्बन्धी सम्झौतामा हस्ताक्षर | इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा बसपार्कमा नागरिक सहायता कक्ष स्थापना | इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा बसपार्कमा नागरिक सहायता कक्ष स्थापना | ‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु | दलित महिला संघ (फेडो) बाँकेबाट सम्पादक शाह सम्मानित |

खोप कार्ड नभएकै कारण सेवाबाट बन्चित नगर्न हुरीपपको आग्रह

महमूद आलम खान 1129+ समाचार ( )
कोभिड १९ विरुद्ध खोप लगाएको कार्ड अनिवार्य गर्दा उनीहरु अत्यावश्यक सेवाबाट बञ्चित भएको भन्दै हुरीपपले चिन्ता व्यक्त गरेको छ ।
१४ माघ २०७८, शुक्रबार

बाँके ।  मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्र (हुरीपप) ले खोप कार्डको अनिवार्यताका कारण महिला किशोरी तथा सिमान्तकृत समुदायका व्यक्तिहरु अत्यावश्यक सेवा लिनबाट बञ्चित हुने अवस्था सिर्जना भएको जनाएको छ । 

कोभिड १९ विरुद्ध खोप लगाएको कार्ड अनिवार्य गर्दा उनीहरु अत्यावश्यक सेवाबाट बञ्चित भएको भन्दै हुरीपपले चिन्ता व्यक्त गरेको छ ।   

हुरीपपका अध्यक्ष आलम खानले भन्नु भयो, खोप कार्ड नभएकै कारण प्रभावितले घटनाको सुनुवाईका लागि जाँदा समेत अदालत छिर्न नपाएको, प्रहरी, बैंक तथा पालिकाहरुमा जाँदा खोप कार्डको अभावमा कार्यालय प्रवेशमा रोक लगाइएको प्रति चिन्ता व्यक्त गर्नु भयो ।

हुरीपपले सिमान्तकृत समुदाय, महिला, हिंसा प्रभावित, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, अपांगता भएका व्यक्तिहरुले खोप कार्ड बिना अत्यावश्कीय सेवा प्राप्त गर्ने अधिकारको सुनिश्चित गर्न माग गरेको छ। 

यस्तै, हिंसा प्रभावित महिला तथा किशोरीहरुले प्राप्त गर्ने सेवालाई अत्यावश्यक र आकस्मिक सेवाको रुपमा सम्बोधन गर्नुपर्ने, परिचय पत्र बिना खोपबाट बञ्चित भएका व्यक्तिहरुका लागि बिना परिचयपत्र नै खोप लगाउने व्यवस्था गर्नुपर्ने लगायत माग गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार