मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

मन्त्री हेरफेर गर्दै एकीकृत समाजवादी

महमूद आलम खान 1133+ समाचार ( )
एकीकृत समाजवादी पार्टी स्रोतका अनुसार त्यतिबेला छ/छ महिना आलोपालो मन्त्रीहरू पठाउने सहमति भएको थियो ।
१ चैत्र २०७८, मङ्गलबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीभित्र मन्त्री फेर्न दबाब बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारमा सहभागी एकीकृत समाजवादीले श्रम, स्वास्थ्य, पर्यटन र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएको छ ।

ती मन्त्रालयमा जानका लागि धेरै सांसद आकांक्षी थिए । तर, पार्टी अध्यक्ष माधवकुमार नेपालले कृष्णकुमार श्रेष्ठ श्रम, विरोध खतिवडा स्वास्थ्य, प्रेम आले पर्यटन र रामकुमारी झाँक्रीको नाम सहरी विकास मन्त्रालयमा सिफारिस गरे ।

एकीकृत समाजवादी पार्टी स्रोतका अनुसार त्यतिबेला छ/छ महिना आलोपालो मन्त्रीहरू पठाउने सहमति भएको थियो । अहिले स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको छ । निर्वाचन आयोगले चैत १५ गतेपछि आचारसंहिता लागू गरेको छ । त्यसपछि मन्त्रिपरिषद पुनःगठन र अन्य नियुक्तिहरू गर्न पाइँदैन ।

त्यसैले पालो कुरेर बसेका सांसदहरूले मन्त्री फेर्न नेतृत्वलाई दबाब दिएको पार्टी स्रोतले बताएको छ । मन्त्रीको हेरफेरको सम्पूर्ण जिम्मा अध्यक्ष नेपाललाई दिएको उपमहासचिव डा. विजय पौडेलले दृष्टिलाई बताए ।

अबको हेरफेरमा एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र निरादेवी जैरुको नाम मन्त्रीमा रहेको स्रोतले बताएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार