मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

नरैनापुर गाँउपालिका सुख्खा क्षेत्र घोषणा, बिशेष राहतको प्याकेज ल्याउन माग

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
प्रयाप्त सिंचाइको व्यवस्था नभएकोले यहाँका किसानहरु वर्षाको भरमा खेती गर्न बाध्य रहेको बताउदै गाँउपालिका अध्यक्ष शाहले प्रशस्त पानी नपरेकाले धान रोपाई हुन सकेको छैन भने बैकल्पिक उपाय गरेर लगाएको धानवाली समेत नष्ट भईसकेको छ ।
२६ श्रावण २०७९, बिहीबार

बाँके । बाँकेको नरैनापुर गाँउपालिकाको कार्यपालिका बैठकले नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरेको छ । प्रयाप्त सिंचाइको व्यवस्था नभएकोले यहाँका किसानहरु वर्षाको भरमा खेती गर्न बाध्य रहेको बताउदै गाँउपालिका अध्यक्ष शाहले प्रशस्त पानी नपरेकाले धान रोपाई हुन सकेको छैन भने बैकल्पिक उपाय गरेर लगाएको धानवाली समेत नष्ट भईसकेको छ ।

बढदो गर्मीसंगै उक्त क्षेत्रमा पानी नपरे पछि कृषि योग्य जमिन बाँझो रहेको र पानीको स्रोतहरु सुक्न थालेपछि नरैनापुरमा पानीको हाहाकार हुदा सो पालिकालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको प्रमुख प्रशासकिय अधिकृत भरत बस्नेतले बताए।

नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको अध्यक्षतामा आज बिहिरबार बसेको आकस्मिक वैठकले सो निर्णय गरेको हो ।  किसानहरुको लागि सिचाईको लागि व्यापक डिप बोरींग लयायत अन्य वैकल्पिक व्यवस्था गर्न, सिचाईको लागि किसानहरुलाई सहुलियत स्वरुप डिजलको व्यवस्था गर्न, किसानहरुको सुविधाको लागि कृषि विद्युतीकरणको व्यवस्था गर्न र कृषि मिटर उपलब्ध गराई विद्युत महसुल निःशुल्क गर्न बैठकमा कुरा उठेको बताउदै नरैनापुर ४ का अध्यक्ष मनोज शर्माले प्रसस्त पानी नपारेका कारण धान रोपाई हुन नसकेको बताए । 

सुख्खा क्षेत्र घोषणा भईसकेकोले किसानहरुका लागि बिशेष राहतको प्याकेज ल्याउन प्रदेश र संघीय सरकारसँग गाँउपालिकाले आग्रह गरेको छ। खडेरीले गर्दा कृषिमा आश्रित वहुसंख्यक जनताको जीवन कष्टकर बन्दै गएको अबस्थाप्रति प्रदेश र सघीय सरकारको यथेष्ट ध्यान पुग्न जरुरी  छ । 

यसैगरी आज बसेको बैठकले ८० प्रतिशत करमा छुट दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार