मुख्य समाचार
राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग |

बाँके २ मा दिपेन्द्र बिष्टका पक्षमा मजदुर शक्ति एकजुट

यूथ टुडे समाचारदाता 3556+ समाचार ( )
२६ माघ २०८२, आइतबार

बाँके । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बाँके निर्वाचन क्षेत्र नं. २ मा मजदुर शक्ति दिपेन्द्र बिष्टको पक्षमा संगठित हुने भएको छ। अखिल नेपाल ट्रेड युनियन महासंघ (ANTUF) क्षेत्र नं. २, बाँकेको आयोजनामा नेपालगन्जमा सम्पन्न विशेष भेला तथा प्रशिक्षण कार्यक्रमले उम्मेदवार दिपेन्द्र बिष्टलाई जिताउन श्रमिकहरूको संगठित परिचालन गर्ने घोषणा गरेको हो।

कार्यक्रमले प्रत्येक औद्योगिक प्रतिष्ठान, यातायात क्षेत्र र मजदुर बस्तीमा ‘निर्वाचन परिचालन टोली’ गठन गर्ने निर्णय गर्दै घरदैलो तथा मजदुर भेटघाट अभियानलाई तीव्र बनाउने कार्ययोजना पारित गरेको छ। भेलामा सहभागी मजदुर नेताहरूले “हाम्रो अधिकार सुरक्षित गर्ने उम्मेदवार दिपेन्द्र बिष्ट” भन्दै क्षेत्र नं. २ मा संगठनको सम्पूर्ण शक्ति परिचालन गरेर बिष्टको पक्षमा मतदान गराउने संकल्प व्यक्त गरे।

भेलालाई सम्बोधन गर्दै उम्मेदवार दिपेन्द्र बिष्टले श्रमिकका हक–हित, श्रम अधिकार र सामाजिक सुरक्षाका मुद्दालाई संसदसम्म पुर्‍याएर कार्यान्वयन गराउने प्रतिबद्धता जनाउनुभयो। उहाँले कार्यस्थलमा देखिने विभेद, न्यून ज्याला र श्रमिकका आधारभूत समस्याको समाधान आफ्नो प्राथमिकता रहेको स्पष्ट पार्नुभयो।

प्रशिक्षण सत्रमा मजदुरहरूलाई निर्वाचनमा मतको महत्वबारे जानकारी गराइनुका साथै श्रम ऐन, सामाजिक सुरक्षा र श्रमिक अधिकारलाई चुनावी एजेन्डाका रूपमा कसरी स्थापित गर्ने भन्ने विषयमा छलफल गरिएको थियो। प्रत्यक्ष संवादका क्रममा बिष्टले श्रमिकसँग जोडिएका व्यावहारिक समस्या समाधानका लागि निरन्तर पहल गर्ने आश्वासन दिनुभयो।

महासंघका जिल्ला तथा क्षेत्रीय नेताहरूले बाँके क्षेत्र नं. २ को विकास र श्रमिकको सम्मानका लागि दिपेन्द्र बिष्ट एक योग्य, जुझारु र भरोसायोग्य नेतृत्व भएको उल्लेख गर्दै आगामी दिनमा अभियानलाई अझ सशक्त बनाइने बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार