मुख्य समाचार
नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न |

स्वास्थ्य विभागमा साढे ६ करोडभन्दा बढी मूल्यका म्याद गुज्रेका औषधि

यूथ टुडे समाचारदाता 3420+ समाचार ( )
१४ असार २०८१, शुक्रबार

काठमाडौं । स्वास्थ्य सेवा विभागमा साढे ६ करोडभन्दा बढी मूल्यका म्याद गुज्रेका औषधि भण्डारण गरेर राखेको पाइएको छ। विभागको भण्डारमा ६ करोड ५२ लाख १ हजार मूल्यका विभिन्न ५७ प्रकारका औषधि र औषधिजन्य सामग्री रहेको पाइएको हो।

विभागले विभागले खरिद गरेका ५ करोड ४२ लाख ५३ हजार र अनुदानबाट प्राप्त भएको १ करोड ९ लाख ४९ हजार रुपैयाँका औषधि र सामग्री म्याद सकिएका हुन्।

नियमअनुसार विभागले आपूर्तिकर्ताबाट खरिद गरेको औषधि तथा औषधिजन्य सामग्रीको म्याद समाप्त भएमा वा हुने अवस्था भएमा औषधि आपूर्तकबाट प्रतिस्थापन गर्नुपर्दछ। तर विभागले ती सामग्री थन्काएर राखेको फेला पारेपछि महालेखा परीक्षकको कार्यालयले आवश्यकताको पहिचान गरी सामान खरिद गर्ने र म्याद गुज्रेका औषधिहरू समयमै प्रतिस्थापन गर्न सुझाब दिएको छ।

'खरिद गरिएका औषधि म्याद सकिनु अगावै आपूर्तकबाट प्रतिस्थापन नगरेको र उपयोगसमेत नगरी म्याद समाप्त भएको छ,' महालेखाको प्रतिवेदनमा भनिएको छ, 'विभागबाट प्राप्त विवरणअनुसार यो वर्ष रू ६ करोड ५२ लाख १ हजार मूल्यका विभिन्न ५७ प्रकारका औषधि र औषधिजन्य सामग्रीको म्याद समाप्त भएकोमा तीमध्ये विभागले खरिद गरेका रू. ५ करोड ४२ लाख ५३ हजार र अनुदानबाट प्राप्त भएको रू १ करोड ९ लाख ४९ हजारको रहेको छ। सोमध्ये पनि कोभिड-१९ को समयमा खरिद गरेका सामग्री उल्लेख्य मात्रामा रहेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार