मुख्य समाचार
भगवानपुरमा प्रहरी जवानमाथि कुटपिटको आरोप : घरमै पसेर आक्रमण गरेको दाबी | बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा डा. सिंह नियुक्त | प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै आक्रमण गर्ने दुई पक्राउ | नेपाल प्रहरीका ८ एआईजीको सरुवा, को-कहाँ पुगे ? | जानकीमा अन्तरविद्यालय हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता सम्पन्न | पत्रकार खेम भण्डारी पक्राउ | लघुउद्यममार्फत आत्मनिर्भरता अभियान : जानकीमा नयाँ उद्यमी सिर्जना | जानकीमा रोजगारका चुनौती र सम्भावनाबारे बहस, कृषि आधुनिकीकरणमा जोड | खजुरामा मनाईयो राष्ट्रिय धान दिवस | सरकार किसानका समस्या समाधानमा गम्भीर छैन : प्रचण्ड |

लोकतन्त्र विरोधीले संघीयतालाई समाप्त पार्ने षडयन्त्र गरीरहेको उपेन्द्र यादवको आरोप

यूथ टुडे समाचारदाता 3462+ समाचार ( )
मुलुक प्रधानमन्त्रीले नभई बिचोलियाहरूले चलाइरहेको आरोप लगाउदै यादवले काग्रेश र एमालेको सरकार कमिसन खोर, दलाल र बिचोलियाहरूको भएको टिप्पणी गर्नु भयो ।
२२ जेठ २०८२, बुधवार

बाँके । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले मुलुकमा लोकतन्त्र विरोधी शक्तिहरूले संघीय गणतन्त्रलाई समाप्त पार्ने खेल खेलिरहेको आरोप लगाउनु भएको छ । जसपा नेपाल बाँकेको एकताको प्रथम अधिबेशनलाई आज नेपालगंजमा सम्बोधन गर्दै अध्यक्ष यादवले भन्नुभयो, “संघीय गणतन्त्रलाई समाप्त गर्न सडकदेखि सदनसम्म लोकतन्त्र विरोधीहरू षडयन्त्र गरिरहेको रहेका छन् ।” उहाँले मुलुकमा लोकतान्त्रिक गणतन्त्र नभए समानता पनि नहुने जिकिर गर्नु भयो । 

२५० वर्षको निरङकुश शासनमा समानता कतै नभएको उल्लेख गर्दै उहाले भन्नुभयो,मधेश आन्दोलनबाट प्राप्त संघीयतालाई समाप्त पार्न सजिलो नभएको बताउदै भयो । 

सशस्त्र विद्रोह, जनआन्दोलन र मधेश विद्रोहबाट परास्त भै सकेको निरङकुश शासनको कल्पना समेत नगर्न लोकतन्त्र बिरोधीहरुलाई संकेत गर्दै अध्यक्ष यादवले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको बताउदै उहाँले एकल जातीय मुलक कहिले पनि हुन नसक्ने दाबी गर्नु भयो । परिवर्तन पक्षधर शक्तिहरुलाई एकजुट हुन आह्वान गर्दै अध्यक्ष यादवले जनतालाई समेत सचेत हुन आग्रह गर्नु भयो । 

उहाँले भन्नुभयो,‘यो २०१७ साल होइन, २०८२ हो । अहिले जनता सचेत र संगठित छन , संघीयता र गणतन्त्र समाप्त गर्न चाहने शक्तिलाई जनताले समाप्त गरि दिने छन ।’

मुलुक प्रधानमन्त्रीले नभई बिचोलियाहरूले चलाइरहेको आरोप लगाउदै यादवले काग्रेश र एमालेको सरकार कमिसन खोर, दलाल र बिचोलियाहरूको भएको टिप्पणी गर्नु भयो ।

अध्यक्ष यादवले मुलुक अहिले राजनीतिक रूपमा संकट र आर्थिक रुपमा जर्जर अवस्थामा रहेको टिप्पणी गर्दै उहाँले सरकारले संविधान संशोधन गर्ने नाममा जनतालाई ठग्ने काम मात्र गर्दै आएको आरोप लगाउनु भएको थियो । 

कार्यक्रममा जनता समाजवादी पार्टी महासचिव राम कुमार शर्मा, केन्द्रीय सचिव कमरुद्दीन राई, केन्द्रीय सदस्य शैयद इस्तियाक अहमद शाह, अम्बीका काफ्ले लगायतले बोल्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार