मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

बजेट फ्रिज नगरी तिब्रताका साथ कार्यान्वयन गर्न कर्मचारीलाई मन्त्री अथकको निर्देशन

महमूद आलम खान 1133+ समाचार ( )
बुधवार जिल्ला प्रशासन कार्यालय बाँकेको शभाहलमा भएको बाँकेका विशेष गरि बिकासे कार्यालयका प्रमुखहरु सँगको बैठकमा मन्त्री अथकले यस्तो निर्देशन दिनुभएको हो ।
२२ मंगशिर २०७८, बुधवार

कोहलपुर । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले बिकास निर्माणका लागि आएको बजेट फ्रिज नगरी तिब्रताका साथ कार्यान्वयन गर्न निर्देशन दिनु भएको छ ।

बुधवार जिल्ला प्रशासन कार्यालय बाँकेको शभाहलमा भएको बाँकेका विशेष गरि बिकासे कार्यालयका प्रमुखहरु सँगको बैठकमा मन्त्री अथकले यस्तो निर्देशन दिनुभएको हो ।

बिकास निर्माणको अवस्था र आईपरेका समस्या र समाधानको उपाय खोजीगर्ने उद्धेश्यले आयोजना गरिएको बैठकमा मन्त्री अथकले बिकस निर्माणको ठेक्का लिएका निर्माण कम्पनीहरुले ठेक्का पाई सकेपछी काम नगर्ने र ढिलासुस्ती गर्ने प्रचलनले बिकासको गति पछि धकेलिएको स्मरण गराउनु भयो ।

करिब एक दर्जन बढि कार्यालय प्रमुखहरुको उपस्थिति रहेको बैठकमा मन्त्री अथकले कुनैपनि कार्यालय लाई काम गर्न समस्या भएको खण्डमा आफुले सहजीकरण गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

कार्यालय प्रमुखहरुका बिच सम्बोधन गर्दै मन्त्री अथकले काममा लापरवाही र ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीहरु लाई सम्बन्धित कार्यालयले निरन्तर अनुगमन गरिरहने र जनतालाई पनि दबाब सृजना गर्न लगाउनुपर्ने बताउनु भयो ।

सिक्टा सिचाई आयोजना,हुलाकी सडक,बाँकेमा पुर्ण बिद्युतिकरण लगायत जिल्लाका विभिन्न स्थानमा निर्माण हुनलागेका सडक तथा पुल र बिकास निर्माणको कार्यान्वयनको अवस्थाका बारेमा सम्बन्धित कार्यालय प्रमुखरु सँग जानकारी लिनु भएको थियो । बैठकमा उपस्थित सम्पुर्ण कार्यालय प्रमुखहरुले समयमै काम सम्पन्न गर्ने प्रतिवद्दता जनाएका छन । मंगलबार पनि कोहलपुर क्षेत्रका कार्यालय प्रमुखहरु संग पनि यस्तै प्रकृतिको कार्यक्रम मन्त्री अथकले आयोजना गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार