मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

बैजनाथ महोत्सवको तयारी पुरा

यूथ टुडे समाचारदाता 3514+ समाचार ( )
३ माघ २०८०, बुधवार

बाँके । नेपाल घरेलुु तथा साना उद्योग महासंघ बैजनाथ गाउँपालिका समितिले प्रथम बैजनाथ महोत्सवको एक समारोहबीच पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलन मार्फत महोत्सव यहीँ माघ १० गते बाट २१ गते सम्म बैजनाथ गाउँपालिका ५ स्थित कोहलपुर न्यु सिटिको खालि क्षेत्रमा संचालन गर्ने भएको छ । 

संघको आयोजनामा प्रथम बैजनाथ महोत्सव तथा छैटौं प्रादेशिक औधोगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एंव प्रर्यटन महोत्व संचालनको तयारीबारे बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । 

कृषि, पर्यटन, उद्योग र उत्पादन संस्कृक्तिको पहिचान । विकास र सम्मृद्धि बैजनाथको अभियान ॥" भन्ने मुल नाराकासाथ "प्रथम बैजनाथ महोत्सवलाई व्यवसाय संग जोड्ने आयोजकले जानकारी दएको छ । 

 पत्रकार सम्मेलन मार्फत महोत्सवमा मेलामा २ सय ५० भन्दा बढी स्टल रहेका छन् । १ देखि २ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने लक्ष्य राखिएको छ । 

मेलास्थलमा थारू गाउँ, बाल उत्थान, विभिन्न जाति, धर्म, संस्कृति र परम्परा झल्कने आकर्षण रहेको छ । 

महोत्सवमा जिल्लाको ऐतिहासिक कला, संस्कृति र भाषा सहितको झाँकी प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ । 

 बैजनाथ गाउँपालिकामा आन्तरिक पर्यटक भित्रयाउन, यहाको मौलिक कला संस्कृति, मन्यता तथा मनमोहक प्राकृतिक सभ्यताहरुमा राष्ट्र स्तरमा चिनाउनका साथै प्रयटन प्रवधन, राष्ट्रिय अर्थतन्त्र विकासमा महोत्सवलाई प्रमुख उद्देश्य एवं लक्षका रूपमा समेत लिइएको छ।

यो महोत्सवले बैजनाथ गाउपालिका भित्र रहेका विभिन्न कला सस्कृति भेषभूषा मौलिक तथा सास्कृतिक महत्व बोकेका विभिधनायुक्तः झाकी परम्परागत पेशा सीपमा पनि सहयोग पुर्याउने छ, । 

पालिका भित्र रहेका तथा सम्भावना बोकेका पर्यटकीय स्थल जस्तै मानसरोवर बोटानिकल गार्डन बडा न. ३ मा रहेको नया नाल बडा १ मा रहेको गाभर भ्याली जुन होमस्टेका रूपमा राष्ट्रिय स्तरमा परिचित रहेको छ । सोही ठाउमा अवस्थित लायन्स पार्क लगायतलाई राष्ट्रिय स्तरमा चिनाउन महोत्सवले सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

महोत्सव अवधीभर ख्याती प्राप्त केन्द्रिय,राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको वेजोड प्रस्तुती रहने आयोजकले बताएको छ । 

अवलोकनका लागी विद्यार्थीहरुलाइ ८० र , अन्य व्यक्तीहरुका लागी १०० रुपैया को टिकट सुल्क निर्धारण गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार