मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

नेपालगञ्जलाई बालश्रम मुक्त बनाइने

महमूद आलम खान 1133+ समाचार ( )
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका महिला विकास अधिकृत पवित्रा पुरी, बाल अधिकारकर्मी महेश नेपाली लगायतले सहजीकरण गरेका थिए ।
२९ जेठ २०७९, आइतबार

बाँके । नेपालगञ्ज उपमहानगरपालिकालाई बालश्रम मुक्त बनाइने भएको छ । बिश्व बालश्रम बिरुद्ध दिवसको अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाले आज आयोजना गरेको बाल श्रम सम्बन्धि सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख प्रशान्त विष्टले बालश्रम ठूलो समस्याको रुपमा रहेको भन्दै यसको नियन्त्रण र रोकथाम अति आवश्यक भएको बताए ।

उनले यसका लागि उपयुक्त कार्ययोजना बनाउन आग्रह गर्दै आगामी बजेटमा पर्याप्त बजेट विनियोजन गर्ने प्रतिवद्धता ब्यक्त गरे । नेपालगञ्जलाई बालमैत्री नगरको रुपमा विकास गर्दै अघि बढ्ने उनको भनाई छ ।

कार्यक्रममा उपप्रमुख कमरुद्धिन राईले बालश्रममा रहेकालाई एक्कासी घर फिर्ता गराउनु भन्दा यसको जडको खोजी गर्नुपर्नेमा जोड दिए । अधिकाँश विपन्न समुदायका बालबालिका नै बालश्रममा रहेको भन्दै उनले बालबालिकाले काम नगरे साँझ विहानको चुल्हो नजल्ने घरपरिवारलाई लक्षित गरेर कार्यक्रम प्रस्ताव गर्न आग्रह गरे । विपन्न परिवारलाई आयआर्जन, शिक्षा, स्वास्थ्यमा सहयोग गर्ने हो भने बालश्रम न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाई छ ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका महिला विकास अधिकृत पवित्रा पुरी, बाल अधिकारकर्मी महेश नेपाली लगायतले सहजीकरण गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार