मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

कांग्रेसले बनायो प्रशान्त विष्टलाई नेपालगञ्जको मेयरको उम्मेदवार

महमूद आलम खान 1133+ समाचार ( )
नेपाली कांग्रेस लुम्बिनी प्रदेशले आइतबार उम्मेदवार टुंगो लगाएको हो
११ वैशाख २०७९, आइतबार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले प्रशान्त विष्टलाई मेयरको उम्मेदवार बनाएको छ । उनी नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिकाको सभापति हुन् ।

पार्टीको १४ औं महाधिवेशनमा विष्ट अत्यधिक मतका साथ नगर सभापतिमा निर्वाचित भएका थिए । नेपालगन्ज नगर सभापतिमा उनको यो तेस्रो कार्यकाल हो । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले आइतबार उम्मेदवार टुंगो लगाएको हो । लुम्बिनी प्रदेश कार्यसमितिका एक पदाधिकारीले विष्टको नाम टुंगो लगाइएको जानकारी दिए ।

टिकट लिन प्रतिस्पर्धामा विष्टसहित नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख एवम् कांग्रेस नेतृ उमा थापामगर, निर्वतमान जिल्ला उपसभापति सुनिल नरसिंह राणा र पार्टीका महासमिति सदस्य एवम् २०७४ सालको निर्वाचनमा मेयरको उम्मेदवार बनेका डा. सुरेशकुमार कनोडियो अन्तिम प्रतिस्पर्धामा थिए ।

पार्टीले उम्मेदवार बनाएपछि उनले संक्षिप्त प्रतिक्रिया दिदै सबैलाई धन्यवाद दिएका छन् । ‘मलाई पार्टीले मेयर पदको उम्मेदवार बनाएको छ, अब जिताउने जिम्मा नेपालगन्जबासी आमा बुवा र दाजुभाई दिदी बहिनीहरुको हो,’ उनले भने । नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले नगर प्रमुख र जनता समाजवादी पार्टीले उपप्रमुख पाएका छन् । जसपाका तर्फबाट उपप्रमुखमा कमरुद्धिन राई चुनाव लड्दैछन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार