मुख्य समाचार
हाफिज डा.मो. साबिर खानको निधन, पत्रकार आलम खानलाई पितृशोक | नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न |

लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि अध्यक्ष शाहले गरे मतदान

यूथ टुडे समाचारदाता 3525+ समाचार ( )
११ माघ २०८०, बिहीबार

दाङ । लुम्बिनी प्रदेशमा ९७ प्रतिशत मतदान भएको छ । लुम्बिनी प्रदेशअन्तर्गत दुई सिटका लागि भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा बिहीबार दिउँसो १ बजेसम्म ९७ प्रतिशत मत खसेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

घोराही उपमहानगरपालिका–१५ कर्मचारी मिलन केन्द्रमा भएको मतदान केन्द्रमा ८५ जना प्रदेशसभा सदस्य र दुई सय ११ जना स्थानीय तहका प्रमुख/उपप्रमुखहरुले मतदान गरिसक्नुभएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभएको छ । उहाँका अनुसार मतदानका लागि अब प्रदेशसभा सदस्य दुई जना र स्थानीय तहअन्तर्गत १० जना मतदातामात्रै बाँकी रहनुभएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि अहिलेसम्म लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सभामुख तुलाराम घर्ती, अर्थमन्त्री धनबहादुर मास्की, नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह लगायतकाले मतदान गर्नुभएको जानकारी दिनुभएको छ । लुम्बिनी प्रदेशमा ८७ जना प्रदेशसभा सदस्य र दुई सय १८ जना स्थानीय तहका प्रमुख र उपप्रमुख गरी तीन सय पाँच जना मतदाता रहनुभएको छ । निर्वाचनका लागि मतदान गर्ने समय बिहान ९ देखि दिउँसो ३ बजेसम्मलाई तोकिएको छ ।

लुम्बिनी प्रदेशमा अन्यतर्फ एक जना र महिला सिटतर्फ एक जना गरी दुई सिटका लागि ६ जना उम्मेदवार छन् । गठबन्धनका तर्फबाट महिला कोटामा नेपाली कांग्रेसबाट विष्णुदेवी सापकोटा, नेकपा (एमाले) बाट तुलसा केसी र राप्रपाबाट विजयालक्ष्मी सिह र अन्य कोटामा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का झक्कुप्रसाद सुवेदी, नेकपा एमालेबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री र जनमत पार्टीका बालगोविन्द चौधरी उम्मेदवार रहनुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार