मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

चीनको अद्वितीय विकास र समृद्धिबाट नेपालले लाभ लिनुपर्छ

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
७ अशोज २०८०, आइतबार

बेइजिङ । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले चीनको अद्वितीय विकास र समृद्धिबाट नेपालले लाभ लिन सक्नुपर्ने बताउनुभएको छ ।

बेइजिङस्थित नेपाली राजदूतावासमा आयोजित कार्यक्रममा नेपाली समुदायलाई सम्बोधन गर्दै चीनले छोटो समयमा हासिल गरेको चमत्कारिक आर्थिक प्रगतिको मन्त्री साउदले प्रशंसा गर्नुभयो । उहाँले चीनले नेपालको आर्थिक विकासमा गरेको निरन्तर सहयोगका लागि आफूहरू कृतज्ञ रहेको बताउनुभयो ।

उहाँले प्रधानमन्त्री र जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङबीच शनिबार भएको द्विपक्षीय भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध विषयहरूमा सारगर्भित कुराकानी भएको भएको जानकारी दिनुभयो ।

मन्त्री साउदले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको भन्दै नेपालको भूमि चीनको हितविरुद्ध प्रयोग हुन नदिनेमा आफूहरू दृढ रूपमा प्रतिबद्ध रहेको बताउनुभयो । साथै नेपालको सार्वभौमिकता, अखण्डता तथा राष्ट्रिय स्वतन्त्रताप्रति चीनको निरन्तर समर्थन र दृढ नीतिको सराहना समेत गर्नुभयो ।

उहाँले नेपाल सरकार नेपालमा लगानी गर्ने विदेशी कम्पनीहरूलाई हरसम्भव सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको भन्दै यसका लागि संस्थागत, नीतिगत, व्यवस्थापकीय, व्यवहार र अन्य पक्षमा सुधार गरेको बताउनुभयो । उहाँले आवश्यकताअनुसार थप सुधार गर्न नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो ।

विद्यमान व्यापार घाटा कम गर्न चिनियाँ बजारमा नेपाली उत्पादनको सहज पहुँचका लागि चीनको सद्भाव र सहयोगको आवश्यकता रहेको भन्दै परराष्ट्रमन्त्री साउदले नेपालमा उत्पादकत्व सुधार गर्न र चिनियाँ बजारमा नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाउन चीनलाई प्रविधि हस्तान्तरण गर्न अनुरोध गरिएको बताउनुभयो ।

परराष्ट्रमन्त्री साउदले नेपाल–चीन आर्थिक साझेदारी अभिवृद्धि गर्नका लागि सीमापार सम्पर्क सञ्जाल विस्तार अत्यावश्यक रहेको भन्दै नेपाल सरकारले नेपाल–चीनबिचका सबै सीमा नाकालाई नियमित सञ्चालन गर्ने, दुई देशको सीमामा पूर्वाधार निर्माण गर्ने, सीमा नाकामा परीक्षण र मान्यताका लागि पूर्ण सुविधा सम्पन्न प्रयोगशाला स्थापना गर्ने, नेपाल–चीन सीमामा बन्दरगाह सुविधा निर्माणलाई तीव्रता दिने कामलाई प्राथमिकता दिँदै आएको बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार