मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

बाँकेमा बुस्टर डोज लगाउन शुरु

महमूद आलम खान 1133+ समाचार ( )
लुम्बिनी प्रदेशमै पहिलो पटक आइतबारबाट बाँकेमा कोरोनाविरुद्धको ‘बुस्टर डोज’ खोप लगाउन सुरु गरिएको छ ।
२ माघ २०७८, आइतबार

बाँके । लुम्बिनी प्रदेशमै पहिलो पटक आइतबारबाट बाँकेमा कोरोनाविरुद्धको ‘बुस्टर डोज’ खोप लगाउन सुरु गरिएको छ ।

बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले भेरी अस्पतालको खोप केन्द्रमा खोप लगाएर बुस्टर डोज खोप लगाउने कार्यको शुभारम्भ गर्नु भयो ।

यस्तै युथ टुडे न्युजका सम्पादक एंव मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्रका अध्यक्ष आलम खानले पनि बुस्टर डोज लगाउनु भएको छ ।

पछिल्लो समयमा कोरोना फेरि बढ्दै गएकोले अहिले कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिएका र सार्वजनिक क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई ‘बुस्टर डोज’ खोप दिन सुरु गरिएको उहाँले बताउनुभयो । पछि विस्तारै सबै नागरिकलाई आवश्यकताअनुसार बुस्टर डोज दिने सरकारको योजना रहेको पनि उहाँले बताउनुभयो ।

२०७७ चैत मसान्तसम्म पहिलो मात्रा खोप लगाई समयावधिभित्र दोस्रो मात्राको खोप लगाएर ६ महिना पुगेका अग्रपङ्क्तिमा खटिएर काम गर्ने व्यक्तिहरुलाई आइतवार माघीको बिदा भए पनि ‘बुस्टर डोज’ खोप दिन सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार, अग्रपङ्क्तिमा खटिएर काम गर्ने स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी तथा कर्मचारी, सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी), सार्वजनिक फोहोर संकलन सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालकहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरु, विमानस्थलमा खटिने कर्मचारीहरु, सार्वजनिक क्षेत्र (सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने सङ्घ संस्था, बैंकिङ सेवा, सञ्चारकर्मी, पत्रकार, सार्वजनिक यातायातका चालक तथा सहचालक आदि) मा काम गर्ने कर्मचारीहरुलाई ‘बुस्टर डोज’ खोप लगाउन सुरु गरिएको हो ।

२०७७ चैत अन्तिमसम्म कोभिसिल्ड र भेरोसेलको पहिलो डोज खोप लगाएका र समयावधिभित्र दोस्रो मात्राको खोप लगाई ६ महिना समयावधि पुगिसकेका प्राथमिकतामा परेकाहरुलाई अहिले सोही खोप दिन थालिएको श्रेष्ठले बताउनुभयो ।

बाँकेको नेपालगञ्ज र कोहलपुर गरी दुई स्थानबाट ‘बुस्टर डोज’ खोप लगाउन सुरु गरिएको छ । नेपालगञ्जको भेरी अस्पतालको इमर्जेन्सी सेवाको अगाडि र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा खोप केन्द्र सञ्चालन गरिएको श्रेष्ठले बताउनुभयो ।

खोप लगाउन जाँदा खोप कार्ड र परिचयपत्र आवश्यक पर्ने उहाँले बताउनुभयो । त्यसैगरी ६० वर्ष उमेरमाथिका नागरिकलाई माघ १४ गतेदेखि ‘बुस्टर डोज’ खोप लगाइने जिल्ला आपतकालीन सञ्चालन केन्द्र बाँकेका प्रमुख रुपन ज्ञवालीले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार