मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

वडाबासीले गरे वडाध्यक्ष बेहनाको खुलेरै प्रशंसा

महमूद आलम खान 1133+ समाचार ( )
बाँके । बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नं. ४ का वडाबासीले वडा अध्यक्षको खुलेरै प्रशंसा गरेका छन् । वडा कार्यालयले दिने सेवा प्रवाह देखि विकास निर्माणका काममा आफुहरु सन्तुष्ट रहेको वडाबासीले बताए ।
६ मंगशिर २०७८, सोमबार

बाँके । बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नं. ४ का वडाबासीले वडा अध्यक्षको खुलेरै प्रशंसा गरेका छन् । वडा कार्यालयले दिने सेवा प्रवाह देखि विकास निर्माणका काममा आफुहरु सन्तुष्ट रहेको वडाबासीले बताए । 

वडा कार्यालयको आयोजना तथा अवध मिडिया प्रा.लि. द्धारा संचालित जि नेपाल एचडि टेलिभिजनका प्राविधिक सहयोगमा भएको कार्यक्रममा बोल्ने अधिकांश बक्ताले वडाध्यक्षको काम प्रति प्रशंसा गर्दै सुझाव सहितको प्रश्न राखेका थिए ।

कार्यक्रममा वडाले चालु आवमा गरेका विकास निर्माणको प्रगतिबारे बताउँदै वडाध्यक्ष मोहम्मद सफिक बेहनाले संघ, प्रदेश र उपमहानगरपालिकाबाट आएको बजेट कार्यान्वयन भएको बताए । चालु आवमा वडा र नगरपालिकाबाट विनियोजन गरिएका विकास योजनाहरु पूर्ण रुपले सम्पन्न भएको बताउँदै वडाध्यक्ष बेहनाले केन्द्र र प्रदेश सरकारबाट सञ्चालित ठूला योजनाहरु कार्यान्वयको चरणमा रहेको जानकारी दिएका थिए। जनताका आवश्यक्ताहरु असिमित रहेको भएपनि वडाको भौगोलिक बनावटले जनताका सबै मागहरुलाई पूरा गर्नेगरी काम गरी रहेको जिकिर गरे।

उपमहानगरपालिका भित्र बढी जनसंख्या आफ्नै वडामा भएको भन्दै उहाँले बाटाघाटा, स्वास्थ्य, शिक्षा, विजुलीबत्तीलाई प्राथमिकता दिएर काम गरिरहेको उहाँको भनाई थियो । वडामा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र र कन्या स्कुल संचालन गर्न सफल भएको बताए ।

वडाभित्र आउने सेवाग्राहीलाई अधिकांश समय आफैले सेवा दिने र आफु नभएको बेला वडा सदस्यलाई जिम्मेवारी प्रदान गरि जनताको सेवा प्रवाहलाई सहज पारिएको उहाँले जिकिर गर्नु भयो ।

लक्षित बर्गका लागि छुट्याइएको कार्यक्रम प्रभावकारी भएको वडा अध्यक्ष बेहनाको भनाई थियो । कार्यक्रममा बोल्ने सेवाग्राहीले फोहर व्यवस्थापनमा ध्यान दिन सुझाव दिएका थिए । कार्यक्रममा वडा सदस्य, कर्मचारी र स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार