मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

सभामुखले सांसदहरुलाई बोल्न दिने समयमा विभेद गरेको शर्माको आरोप

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
१६ अशोज २०८०, मङ्गलबार

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सभामुख देवराज घिमिरेले सांसदहरुलाई बोल्न दिने समयमा विभेद् गरेको आरोप लगाएका छन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले लामो समय लिएर बोलेकोप्रति संकेत गर्दै उनले संसदमा सांसदहरुलाई बोल्न दिने समयबारे विभेद गर्न नहुने बताए । 

मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उपमहासचिव शर्माले सार्वभौम सांसदहरुले बोल्ने बेलामा माईक काट्ने काम नगर्न पनि सभामुख घिमिरेको ध्यानाकर्षण गराए । उनले सबै सांसदहरुले आफ्ना कुरा राख्नुपर्ने भएकाले त्यसमा विभेद गर्न नपाइने बताए । 

उपमहासचिव शर्माले भने, ‘सभामुख महोदय सार्वभौम संसदका म यदी सदस्य हो भने म के कुरा यहाँ आग्रह गर्न चाहन्छु भने मलाई पनि धेरै कुरा बोल्नु छ । मैले पनि धेरै कुरा भन्नु छ । त्यसकारण मेरो माईक नकाटियोस् भन्ने आग्रह गर्न चाहन्छु । किनभने मैले पनि धेरै कुराहरु दिनुछ यहाँ । मैले पनि भन्न पाउनु पर्छ । मजसता धेरै माननीयज्यूहरुले भन्न पाउनु पर्छ भन्ने कुरा पनि सँगसँगै राख्न पाउँछु । र, यहाँ विभेद हुुनहुँदैन भन्ने कुरा पनि म राख्न चाहन्छु । ’

उपमहासचिव शर्माले मुलुकमा जातीय÷धार्मिक द्वन्द्व फैल्याउने काम भईरहेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्नका लागि गम्भिर कदम चाल्न सरकारलाई पनि सचेत गराए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार