मुख्य समाचार
जामा मस्जिदको बिवाद उग्र, वडामा ताला लगाएर जिल्ला प्रशासनको कम ठप्प पार्ने मुस्लिमहरुको चेतावनी | नरैनापुरमा छैठौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु | थुनछेक बहस नसकिएपछि लामिछाने प्रहरी हिरासतमा | सामाजिक सञ्जालको अराजकता नियमन गर्नुपर्‍यो भन्दै मन्त्रालयमै गुनासो आउँछ : मन्त्री गुरुङ | बाँकेमा एचपीभी खोप अभियान सुरु | ७५ जना सुत्केरी महिलाहरूलाई फ्रीडम कीट ब्याग वितरण | प्रचण्डको सचिवालय हेर्ने जिम्मेवारी गोविन्द आचार्यलाई | हतारमा पार्टी एकता नगर्ने प्रचण्डको मुड | बाँकेमा करिब ३७ हजार किशोरीलाई एचपीभी खोप लगाइने | बाँकेको नरैनापुरको मियाँ पुर्वामा माघ २८ गते देखि मेला सुरु हुदैँ |

नेपालगञ्जमा महिला क्याम्पसको उद्घाटन, जेष्ठ महिनाबाट पढाई सुरु हुने

महमूद आलम खान 1131+ समाचार ( )
कलेजको उद्घाटन गर्दै प्रा.डा. कोइरालाले पूर्वाञ्चल विश्वविद्यालयले निजी क्षेत्रबाट सञ्चालित मात्रै नभएर समुदायस्तरबाट सञ्चालित कलेजलाई पनि सम्बन्धन दिनका लागि प्राथमिकता दिने गरेको बताए ।
७ वैशाख २०७९, बुधवार

बाँके । मधेसी तथा मुस्लिम छात्राहरुलाई उच्च शिक्षाका लागि सहजता प्रदान गर्न नेपालगञ्जमा महिला कलेज निर्माण गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले निर्माण गरेको मङ्गलप्रसाद महिला कलेजको आज उद्घाटन गरिएको छ । पूर्वाञ्चल बिश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर यादवराज कोइराला, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, प्रदेश सांसद आइपी खरेलले औपचारिक कार्यक्रमका बीचमा कलेजको उद्घाटन गरे ।

कलेजको उद्घाटन गर्दै प्रा.डा. कोइरालाले पूर्वाञ्चल विश्वविद्यालयले निजी क्षेत्रबाट सञ्चालित मात्रै नभएर समुदायस्तरबाट सञ्चालित कलेजलाई पनि सम्बन्धन दिनका लागि प्राथमिकता दिने गरेको बताए ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा.राणाले नेपालगञ्जमा मधेसी र मुस्लिम समुदायको बाक्लो बसोबास रहेका कारण यहाँ छात्रा विद्यालय र कलेजको आवश्यकता महसुश गरिएको बताए । कलेज आफैंमा आत्मनिर्भर नभएसम्मका लागि नगरबाट आवश्यक सबै सहयोग प्राप्त हुने उनले बताए । महिला विद्यालयपछि कलेज निर्माण गरिएको हो ।

कलेजका प्रमुख रविन्द्र कर्णले करिब आठ करोड रुपैयाँको लागतमा उपमहानगरपालिकाले ४० कोठे भवन निर्माण गरेको जानकारी दिए । कम्प्युटर ल्याब सहितको १४ कोठे छात्राबास समेत रहेको छ । मधेसी र मुस्लिम छात्राहरुलाई लक्षित गरेपनि सबै समुदायका महिलाहरुले कलेजमा अध्ययन गर्नेछन् । कलेजले ब्यवस्थापन सङ्कायमा बिबिए र बिबिएस, कानून सङ्कायमा ५ वर्षे बिएएलएलबी, शिक्षा सङ्कायमा ४ वर्षे विएड र विज्ञानतर्फ ४ वर्षे विसिए र बिआइटी कक्षा सञ्चालनका लागि पूर्वाञ्चल विश्वविद्यालयमा सम्बन्धनको प्रक्रिया सुरु गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले विज्ञ टोली बनाएर दुई बर्षसम्म विस्तृत अध्ययन गरेर महिला कलेज सञ्चालनका लागि अघि बढेको उपप्रमुख उमा थापा मगरले जानकारी दिइन् । चालू आवमा कलेजको सम्बन्धन सञ्चालनका लागि उपमहानगरपालिकाले करिब डेढ करोड रुपैयाँ वजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार