मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

संविधान दिवसको अवसरमा टीकापुर घटनाका सबै अभियोगिहरुलाई आम माफि

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
३ अशोज २०८०, बुधवार

धनगढी । कैलालीको टीकापुर घटनाको अभियोगमा कारागारमा रहेका तीन जनालाई आममाफी दिँदै रिहा गरिएको छ ।

संविधान दिवस २०८० को अवसरमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी अभियोगमा कारागारमा रहेका तीन जनालाई आममाफीसहित रिहा गरिएको हो ।

रिहा हुनेमा टीकापुर नगरपालिका वडा नम्बर ३ का विरबहादुर चौधरी, साविकको मुनुवा गाविस वडा नम्बर ४ का प्रदिप चौधरी र हरिनारायण चौधरी रहेका छन् ।

उनीहरुलाई नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी, अध्यक्ष रञ्जिता चौधरी, कैलाली क्षेत्र नम्बर ४ प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरी, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशका मन्त्री रामेश्वर चौधरी, राज्यमन्त्री कैलाश चौधरी लगायत प्रदेश सभा सदस्य, उन्मुक्तिका नेता तथा कार्यकर्ताले कारागारमै पुगेर भेटघाट गरेका थिए ।

सो अवसरमा पार्टीका संरक्षक रेशमले सरकारले टीकापुर घटनामा थुनामा रहेकालाई आममाफी दिई रिहा गरेकोमा स्वागत गर्दै धन्यवाद दिए । उनले भने –‘सरकारको निर्णय स्वागतयोग्य छ । टीकापुर घटनामा फरार रहेका व्यक्तिहरुका बारेमा सरकारले निर्णय लिनुपर्छ । यो मुद्दा फिर्ता गराउनतर्फ अब जोड रहने छ । यसका लागि आजनै पार्टीको बैठक बसाइने छ ।’

अध्यक्ष श्रेष्ठले निर्वाचनका क्रममा लिइएको एजेण्डा अहिले आएर सफल भएको बताइन् । उनले भनिन –‘अब मन्त्रीपरिषदको बैठकमा टीकापुर घटनामा फरार सूचिमा रहेका व्यक्तिहरुका बारेमा छलफल गरिने छ ।’

संविधान दिवसको अवसरमा टीकापुर घटनामा पोखरामा रहेका नाबालकलाई पनि आम माफी दिइएको छ ।

संविधान दिवसको अवसरमा टीकापुर घटनाका अभियोगी तीनसहित अन्य छ जनालाई पनि रिहा गरिएको छ । जसमा एक जना अवैध हातहतियार तथा खरखजना दूई जना जवरजस्ती चोरी, दुई जना बहुविवाह र एक जना सवारी ज्यानमा अभियोगमा कैलाली कारागारमा थुनामा रहेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार