मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

धार्मिक समुदायबीच घृणा फैलाउन खोज्ने जालान बिरुद्ध मुद्दा दर्ता

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
धार्मिक सदभावमा खलल पुग्ने कुनै पनि अभिव्यक्ति वा प्रदर्शन गरेको पाइए मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ९ दफा १५६ को उपदफा २ (१) बमोजिम कारवाही गर्ने सार्वजनिक सुचना जारी गरेको छ ।
३० जेठ २०७९, सोमबार

बाँके । मुस्लिम समुदायका पैगम्बर मोहम्मदको बिरुद्धमा सामाजिक संजाल मार्फत हिंसा फैलाउन भुमिका खेलेको भन्दै राजेश जालान विरुद्ध आज मुद्दा दर्ता गरिएको छ ।

राजेश जालान बिद्रोहीको नाममा रहेको फेसबुक आइडि मार्फत मुस्लिम समुदायको धार्मिक प्रतिष्ठामा खलल पुग्ने स्टाटस लेख्ने र भारतीय व्यक्तिहरुको भिडियो सेयर गरी हिंसा फैलाउन भुमिका खेलेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा  सोमबार मुद्दा दर्ता गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मुद्दा दर्ता गरे संगै पक्राउ पुर्जी जारी गरिएको छ । जालान गत ४ दिन देखि फरार रहे पनि उनी आफ्नो फेसबुक आइडिबाट नियमित रूपमा सामाजिक संजाल मार्फत सद्भाव बिथोल्ने खाले स्टाटस लेख्दै आएका छन् ।

उनले पैगम्बर मोहम्मदका बिरुद्धमा स्टाटस लेखे पछि बाँकेका मुस्लिमहरुले गत शुक्रबार नेपालगञ्जमा शान्ति पुर्ण प्रदर्शन गर्दै जालान माथि कारवाही गर्न ज्ञापनपत्र बुझाएका थिए ।  प्रहरीका अनुसार जालानले धार्मिक समुदायबीच घृणा फैलाएको आरोपमा मुद्दा दर्ता गरिएको जनाएको छ ।

यता राजेश जालानले दैनिक रुपमा दिँदै आएको अभिव्यक्तिको मुस्लिम समुदायले निन्दा गरेका छन् । धार्मिक समुदायका विरुद्ध घृणायुक्त अभिव्यक्ति दिनेहरुको संख्या बढदै गएकोले यस्तो अभिव्यक्ति नदिनेहरुलाई कानुनी दायरामा ल्याउन अधिकारकर्मी आलम खानले माग गर्नु भयो । 

यस्तै जिल्ला प्रहरी कार्यालय बाँकेले समेत धार्मिक सदभावमा खलल पुग्ने कुनै पनि अभिव्यक्ति वा प्रदर्शन गरेको पाइए मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ९ दफा १५६ को उपदफा २ (१) बमोजिम कारवाही गर्ने सार्वजनिक सुचना जारी गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार