मुख्य समाचार
उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन |

नेपालगन्जको रामलिला मैदानमा १०औं राष्ट्रिय झण्डा दिवस मनाइयो

यूथ टुडे समाचारदाता 3535+ समाचार ( )
१ वैशाख २०८२, सोमबार

बाँके । राष्ट्र र राष्ट्रियताको प्रतिकको रुपमा रहेको नेपाली झण्डाको सम्मानमा १०औं राष्ट्रिय झण्डा दिवस नेपालगन्जमा मनाईएको छ ।

नेपालगन्जको रामलिला मैदानमा बास नेपाल र अन्तरालको संयुक्त आयोजनामा उक्त दिवस मनाईएको हो ।  

नेपाली झण्डाले सबै नेपालीलाई एक शुत्रमा बाध्ने कुरालाई महशुस गर्दै नेपाली नयाँ बर्षको पहिलो दिन देशको ध्वजको सम्मानका लागि झण्डा महोत्सबलाई सबैको साझाँ कार्यक्रमको रुपमा मनाईएको हो । झण्डा दिवसको अवसरमा बोल्दै अन्तरालका प्रमुख कार्यकारी जय नारायण शाहले बर्षको पहिलो दिन नेपाली ध्वजको सम्मानका लागि झण्डा दिवसको परिकल्पना गरिएको बताए । 

कार्यक्रममा बरिष्ट अधिबक्ता तथा बास नेपालका सल्लाहकार लोक बहादुर शाह, नेपालगन्ज उपमहानगरपालिकाका निर्वतमान उपप्रमुख उमा थापा मगर लगायतले झण्डा दिवसको बारेमा शुभकामना मन्तब्य राखेका थिए । 

दिवसको औपचारीक कार्यक्रम बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेकाथिए भने कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले गरेका थिए । 

यसैगरी बास नेपालका शाखा मार्फत देशका विभिन्न जिल्लाहरुमा झण्डा दिवस बनाईएको छ । बैशाख १ गते नयाँ बर्षको पहिलो दिन बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली, रुपन्देही, सल्यान, ललितपुर, दार्चुला, जाजरकोट, सिराहा, झापा, प्युठान लगायत जिल्लाहरुमा समेत झण्डा दिवस भब्यताका साथ मनाईएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार