मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

जामा मस्जिदको अबैधानिक समिति खारेज, मियाँको अध्यक्षतामा समिति गठन

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
१० माघ २०८१, बिहीबार

बाँके । बाँकेको नेपालगञ्जमा रहेको दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिका असन्तुष्ट बहुमत सदस्यहरूले हालै भएको तेस्रो साधारणसभाबाट अवैधानिक तरिकाले गठन गरिएको समिति खारेजको माग गर्दै ज्ञापनपत्र बुझाए पछि जिल्ला प्रशासन कार्यालय बाँकेले उक्त समितिलाई खारेज गरि दिएको छ ।

२४ घण्टा भित्रै समिति खारेज नगरे चरणबद्ध आन्दोलन गर्ने बहुमत सदस्यहरूले चेतावनी दिएपछि प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले छानबिन सुरु गरेर २४ घण्टा बित्न नपाउँदै अबैधानिक समितिलाई खारेज गर्दै जामा मस्जिदमा भएको भ्रष्टाचारको छानविन सुरु गरेको छ । 

आज बिहिबार जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वपक्षीय बैठकबाट पुर्व अध्यक्ष रहमान मियाँको अध्यक्षतामा समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा रौनक अलि इदरिसी, महासचिव अनुद्दीन अन्सारी र कोषाध्यक्षमा मोहम्मद हुसेन हल्वाइलाई चयन गरिएको छ भने पहिलो बैठकबाट सदस्यहरु मनोनित गर्ने अध्यक्ष मियाँले बताउनु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार