मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

अश्कको ‘कालो गुलाफ’ नेपालगन्जमा सम्मानित

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
७ अशोज २०८१, सोमबार

नेपालगन्ज । मध्यपश्चिम स्रष्टा समाजले वीरगन्ज निवासी साहित्यकार गोपाल अश्कद्वारा लिखित कथा संग्रह ‘कालो गुलाफ’लाई सनत रचना कथा सम्मान २०८० बाट नेपालगन्जमा सम्मान गरेको छ । समाजले कथा संग्रहका लेखक अश्कलाई नेपालगन्जमा एक कार्यक्रम गरी सम्मान गरेको हो । साहित्यकार प्रा. डा. कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अश्कलाई उक्त सम्मानपत्र हस्तान्तरण गरियो । पुरस्कार हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. घिमिरेले  अश्क अनुभूतिलाई विचारमा घोलेर रचना गर्ने कथाकार भएको टिप्पणी गरे ।

नगद ११ एक सय ११ रुपैयाँ राशीसहितको उक्त सम्मान कार्यक्रममा अश्कको व्यक्तित्वमाथि साहित्यकार हरि तिमिल्सेना र कालो गुलाफमाथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य शशीराम कार्कीले प्रकाश पारेका थिए । कथा, कविता, गजललगायतका विभिन्न विधामा रचना गर्दै आएका अश्क भाषा आयोगका सदस्यसमेत हुन् । अश्क साहित्यक कृतिका अनुवादक र सम्पादक समेत हुन् । प्राज्ञ कार्कीले अश्कका कथाहरु यथार्थवादी धारका रहेका र अधिकांश कथाका कथामा वीरगन्ज तथा मधेशको परिवेश आउने गरेको बताए ।
कार्यक्रममा बोल्दै सम्मानित कथाकार अश्कले आफूले धेरैजसो पात्रहरु आफ्नो वरिपरिका र कतिपय पात्रमा आफैलाई लेखेको बताए । उनले सम्मानले आफूलाई थप जिम्मेवार बनाएको पनि बताए ।
सनत रचना कथा सम्मान वरिष्ठ कथाकार सनत रेग्मीले आफू र जीवनसंगिनीको नाममा स्थापित सम्मान हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार