मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

भगवानपुरमा प्रहरी जवानमाथि कुटपिटको आरोप : घरमै पसेर आक्रमण गरेको दाबी

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
घाइतेको अवस्था गम्भीर
१९ असार २०८३, शुक्रबार

बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा सामान्य जग्गा विवादसँग जोडिएको घटनामा इलाका प्रहरी कार्यालय भगवानपुरमा कार्यरत प्रहरी जवान गौतम मौर्यमाथि एक स्थानीयलाई घरमै पसेर कुटपिट गरेको आरोप लागेको छ। घटनापछि स्थानीय स्तरमा तनाव उत्पन्न भएको छ भने घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग उठ्न थालेको छ ।

पारिवारिक स्रोतका अनुसार शुक्रबार साँझ करिब ८ बजे नरैनापुर गाउँपालिका–६ दोन्द्रा निवासी करिब ३० वर्षीय नन्के गोडियामाथि प्रहरी जवान मौर्यले घरमै प्रवेश गरी निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका गोडियालाई तत्काल उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको छ। हाल उनको अवस्था चिन्ताजनक रहेको परिवारले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भगवानपुरका निमित्त कार्यालय प्रमुख विनोद डिसीले घटनाको पुष्टि गर्दै घाइतेलाई उपचारका लागि पठाइएको जानकारी दिए । उनले घटनाबारे अनुसन्धान भइरहेको बताउँदै भने, "कानुनभन्दा माथि कोही पनि छैन। अनुसन्धानबाट दोषी देखिए कानुन बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ।"

घटनापछि जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसी स्वयं अनुसन्धानमा सक्रिय भएका छन्। उनले घटनालाई गम्भीर रूपमा लिएको बताउँदै भने, "यदि कुनै प्रहरी कर्मचारीबाट कानुनविपरीत कार्य भएको पुष्टि भयो भने प्रहरी भएको आधारमा उन्मुक्ति दिइने छैन। प्रचलित कानुनअनुसार कारबाही हुन्छ।"

यद्यपि, घटनाको तीन घण्टासम्म पनि आरोपित प्रहरी जवानको मादक पदार्थ सेवन परीक्षण (मेडिकल) नगराइएको स्वास्थ्य चौकी गंगापुरका इन्चार्ज भरत गोराथोकीले बताएका छन्। यदि घटनाका बेला आरोपितले मदिरा सेवन गरेको भन्ने आरोप सत्य भए, समयमै मेडिकल परीक्षण नगरिनु अनुसन्धानको विश्वसनीयतामाथि प्रश्न उठ्ने विषय हुन सक्ने कानुनी जानकारहरूको भनाइ छ।

नरैनापुर–६ का युवा नेता सोहनलाल यादवले घाइतेको अवस्था चिन्ताजनक रहेको जानकारी दिँदै घटनाको निष्पक्ष छानबिन, प्रमाण संरक्षण तथा दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्।

घटनाको वास्तविकता अनुसन्धानबाट पुष्टि हुन बाँकी रहेकाले आरोपित प्रहरी जवानको आधिकारिक धारणा भने सार्वजनिक भएको छैन। प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार