मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

जनतासँग माओवादी रूपान्तरण अभियान
माओवादी केन्द्र बाँकेको तिन महिने अभियानको तयारी पुरा

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
१५ भाद्र २०८०, शुक्रबार

बाँके  । ‘जनतासँग माओवादी रूपान्तरण अभियान’ अन्तर्गत सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले तीन महिने अभियान भदौ १६ गतेबाट सुरु गर्ने भएको छ । उक्त कार्यक्रमको तयारी पुरा भएको नेकपा माओवादी केन्द्र बाँकेले शुक्रवार पत्रकार सम्मेलन गरेर जनाएको छ । 

अभियानमार्फत ‘घरघरमा माओवादी, जनजनमा माओवादी’को नारा दिएर माओवादी केन्द्र जनतासमक्ष पुग्न लागेको हो । अभियानको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिवार उद्घाटन गर्दैछन् । 

कार्यक्रम अन्तर्गत माओवादीले केन्द्रीय सदस्यहरूलाई वडा तहसम्म पठाइ सकेको छ । पत्रकार सम्मेलनमा‌ बोल्दै माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे "जेम्स" ले अभियान मार्फत सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका काम कारबाहीहरूको जानकारी गराउने लक्ष्य माओवादीले लिएको जानकारी दिए ।

अभियानका बाँके इन्चार्ज एवं पुर्व मुख्यमन्त्री कुल बहादुर केसीेले पुराना माओवादीहरुलाई पार्टीमा फर्काउने र पार्टीलाई बलियो बनाउन रुपान्तरण गरेर लिएर जाने बताए । उनले अभियान अन्तर्गत अध्यक्ष प्रचण्ड चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ को घट्टेडाँडा पार्कबाट जुम मार्फत अभियानको उद्घाटन गर्ने जनाकारी दिए । बाँकेमा अभियान सफल बनाउन केन्द्रीय सदस्यहरुलाई पालिका स्तरमा खटाइएको पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।

यस्तो छ माओवादी केन्द्र बाँकेको कार्ययोजना :

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार