मुख्य समाचार
भगवानपुरमा प्रहरी जवानमाथि कुटपिटको आरोप : घरमै पसेर आक्रमण गरेको दाबी | बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा डा. सिंह नियुक्त | प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै आक्रमण गर्ने दुई पक्राउ | नेपाल प्रहरीका ८ एआईजीको सरुवा, को-कहाँ पुगे ? | जानकीमा अन्तरविद्यालय हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता सम्पन्न | पत्रकार खेम भण्डारी पक्राउ | लघुउद्यममार्फत आत्मनिर्भरता अभियान : जानकीमा नयाँ उद्यमी सिर्जना | जानकीमा रोजगारका चुनौती र सम्भावनाबारे बहस, कृषि आधुनिकीकरणमा जोड | खजुरामा मनाईयो राष्ट्रिय धान दिवस | सरकार किसानका समस्या समाधानमा गम्भीर छैन : प्रचण्ड |
मुख्य समाचार
भगवानपुरमा प्रहरी जवानमाथि कुटपिटको आरोप : घरमै पसेर आक्रमण गरेको दाबी | बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा डा. सिंह नियुक्त | प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै आक्रमण गर्ने दुई पक्राउ | नेपाल प्रहरीका ८ एआईजीको सरुवा, को-कहाँ पुगे ? | जानकीमा अन्तरविद्यालय हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता सम्पन्न | पत्रकार खेम भण्डारी पक्राउ | लघुउद्यममार्फत आत्मनिर्भरता अभियान : जानकीमा नयाँ उद्यमी सिर्जना | जानकीमा रोजगारका चुनौती र सम्भावनाबारे बहस, कृषि आधुनिकीकरणमा जोड | खजुरामा मनाईयो राष्ट्रिय धान दिवस | सरकार किसानका समस्या समाधानमा गम्भीर छैन : प्रचण्ड |


खजुरामा मनाईयो राष्ट्रिय धान दिवस

यूथ टुडे समाचारदाता 3462+ समाचार ( )
१५ असार २०८३, सोमबार

बाँके । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर १ राधापुरमा २३ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव–२०८३ धुमधामका साथ मनाइएको छ । खजुरा गाउँपालिका र कृषी ज्ञान केन्द्र बाँकेको संयुक्त आयोजना तथा अष्टम साना किसान कृषी सहकारी संस्था लिमिटेड सैनिक सेवा केन्द्र खजुरा–१ बाँकेको ब्यवस्थापनमा महोत्सव गरिएको हो । महोत्सवको प्रमुख अतिथी एवम् खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिकले एक समारोहका बीच उद्घाटन गरेका हुन् । 

महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष बिकले धान दिवस पछिल्लो समयमा सँस्कृतिको रुपमा विकसित हुदै गएको बताए । गाउँपालिकाले कृषी क्षेत्रलाई नयाँ ढंगले अगाडी बढाउन खोजेको बताउँदै भने, ‘विभिन्न वडामा विषादी रहित तरकारी उत्पादनमा जोड दिएका छौं, खजुराले एउटा अग्र्यानिक उत्पादनको रुपमा पहिचान बनाएको छ,’ अध्यक्ष बिकले भने, ‘किसानको उत्पादनलाई बजारीकरण गर्नका लागि बिक्री केन्द्र निर्माण गरेर सञ्चालनमा ल्याउँदैछौं, कृषी एम्बुलेन्स पनि छिट्टै खरिद गर्दैछौं ।’ 

कृषी ज्ञान केन्द्र बाँकेका प्रमुख डा. बिनोद घिमिरेले बाँकेमा सोमबारसम्म शुन्य दशमलभ ५ प्रतिशत क्षेत्रमा मात्र धान रोपाई भएको बताए । उनका अनुसार गतवर्ष असार १५ सम्म जिल्लामा ११ प्रतिशत धान रोपाई भएको थियो । ‘गतवर्षको तुलनामा यो वर्ष धान रोपाई कम भएको छ, हिजो(आइतबार) मात्रै पानी परेको हुँदा धान रोपाईको दर अब बढ्न सक्छ,’ उनले भने । कार्यालयका अनुसार बाँकेमा करिव करिव ३३ हजार ७ सय ८० हेक्टर क्षेत्रमा धान रोपाई गरिन्छ ।  

खजुरा गाउँपालिका–१ राधापुरका किसान पदम मल्लले समयमा पानी नपरेका कारण पर्याप्त मात्रामा गाउँमा रोपाई हुन नसकेको बताए । ‘नेपाल सरकारले हरेक वर्ष राष्ट्रिय धान दिवस मनाउने गरेको छ, तर किसानको वास्तविक पीडालाई सरकारले बुझ्न सकेको छैन,’ उनले भने । किसानले उत्पादन गरेको धानले उचित मुल्य नै पाउन नसकेको मल्लको दुखेसो छ । कार्यक्रममा अर्का किसान हस्तबहादुर शाहीले किसानका समस्यालाई समय–समयमा आएर सरोकारवालाले बुझिदिनुपर्ने बताए ।

‘तपाईहरु एकदिन मात्र यहाँ आएर हुदैन, गाउँमा समय–समयमा आएर किसानका समस्याहरु बुझिदिनुपर्यो,’ उनले भने, ‘गाउँका खेतबारीमा जथाभावी हिसाबले रुख, बिरुवा रोप्ने प्रवृत्ती बढ्दा किसानहरु रोईरहेका छन्, कहाँ बिरुवा रोप्न पाउने, कहाँ नपाउने भन्ने विषयमा पनि गाउँपालिकाले कानुन बनाउनुपर्यो ।’ उत्पादन भएका अन्नबालीलाई बाँदर, बँदेल लगायत वन्यजन्तुबाट जोगाउनै समस्या रहेको शाहीले सुनाए ।

रोपाई महोत्सव गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लको सभापतित्वमा भएको थियो । परम्परागत बाजागाजा र भेषभुषासहित जनप्रतिनिधि, कृषी कर्मचारी, प्राविधिक, सहकारी संस्थाकर्मी, किसान, पत्रकार लगायतको सहभागितामा मनाइएको रोपाई महोत्सवका क्रममा विभिन्न प्रतियोगिताहरु समेत आयोजना गरिएको खजुरा गाउँपालिका कृषी शाखा प्रमुख भगवती खड्का घर्तीमगरले जानकारी दिइन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार