मुख्य समाचार
नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न |
मुख्य समाचार
नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न |

मगर भर्सेज ठाकुरबीचको द्वन्द्व उत्कर्षमा
मानव अधिकार आयोग भित्रै मानव अधिकारको उल्लघन

यूथ टुडे समाचारदाता 3420+ समाचार ( )
१८ मंगशिर २०८०, सोमबार

काठमाडौं । केपी ओली नेतृत्वको सरकारले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँगको गठजोडमा अध्यादेशमार्फत नियुक्त गरेका कारण विवादको दलदलमा परेको राष्ट्रिय मानव अधिकार आयोग फेरि अर्को आन्तरिक लफडामा फसेको छ । आयोगको रिक्त सचिव पदका लागि भएको सिफारिसका कारण पदाधिकारीबीचमै लफडा भएको हो ।

आयोगका एक सदस्यले सचिवका लागि सिफारिस भएका मुरारी खरेलको योग्यता र चरित्रमाथि नै गम्भिर प्रश्न खडा गर्दै विज्ञप्ति नै निकालेर सार्वजनिक रुपमा असहमति राखेका छन् । यौन दुव्र्यवहारको आरोप लागेका व्यक्तिको संरक्षक र आर्थिक अनियमिततामा चुर्लम्म भएका व्यक्ति सचिवमा सिफारिस भएको आरोप मिहिर ठाकुरले लगाएका छन् । सदस्य ठाकुरको प्रतिबाद गर्दै आयोगका अध्यक्ष तपबहादुर मगर आफैले मंसिर १७ गते काउण्टर प्रेश विज्ञप्ति जारी गरे ।

आयोगको केही दिनअघि बसेको बैठकले आयोगको रिक्त सचिवका लागि कामु सचिवको जिम्मेबारी सम्हाल्दै आएका मुरारी खरेललाई सिफारिस गर्ने निर्णय गरेको गरेको थियो । सदस्य ठाकुरले विज्ञप्तिमा खरेललाई बढुवा नगर्न मन्त्रिपरिषद्लाई आग्रहसमेत गरेका छन् ।

आयोगका सदस्य डा.सूर्य ढुंगेलको अध्यक्षतामा गठित सचिव बढुवा सिफारिस समितिले खुला प्रतिस्पर्धा गराएर तीन जनाको नाम आयोगमा प्रश्ताव गरेको थियो । जसमा पहिलो नम्बरमा आयोगका कामु सचिव रहेका खरेल, दोस्रोमा सहसचिव यज्ञ अधिकारी र तेस्रोमा सहसचिव डा.टीकाराम पोखरेललाई सिफारिस गरिएको थियो ।

सचिव सिफारिस गर्न गत मंगलबार बसेको आयोगको बैठकमा सेमत आयोगकै सदस्य ठाकुरले समेत फरक मत राखेका थिए । उनले खरेल सचिव हुन अयोग्य भएको भन्दै अर्का सहसचिव अधिकारीलाई सचिवमा सिफारिस गर्नुपर्ने मत राखेका थिए । तर अध्यक्षसहित बाँकी तीन जना सदस्यले भने खरेलको पक्ष लिए । बहुमतका आधारमा खरेलको नाम सिफारिस भएलगत्तै ठाकुरले सामाजिक सञ्जाल फेसबुकमार्फत पनि गंभिर आपत्ति जनाएका थिए ।

‘तीन जनामध्ये कसलाई सचिवमा बढुवा गर्दा उपयुक्त होला भन्ने मानव अधिकारकर्मीसँग प्रतिक्रिया माग्दा धेरैको सुझाव खरेलले आयोगको साधन स्रोतको व्यापक दुरुपयोग गरेर आर्थिक अनियमितता गरेको, आधिकारिक प्रमाणसमेत प्राप्त भएको, खरेल सचिव नियुक्तिका लागि सिफारिस गर्न अयोग्य ठहरिएको भन्दै योग्यता, कार्यकुशलता, इमानदारिता तथा ज्येष्ठताको आधारमा सहसचिव अधिकारी आयोगको सचिवका लागि उपयुक्त पात्र भएको बताएका छन्,’ ठाकुरले फेसबुकमा लेखेका छन् ।

कामु सचिव खरेललाई २०७९ जेठ १६ गते आयोगले कायममुकायम सचिवको जिम्मेवारी दिएको थियो । सुरुमा कामु सचिवको जिम्मेवारी डा. टीकाराम पोखरेलले पाए पनि आयोगका अध्यक्ष मगर नेतृत्वको नयाँ पदाधिकारीको टीम आएपछि खरेललाई कामु सचिवको जिम्मेवारी दिइएको हो ।

आयोगका सदस्य ठाकुरले सामाजिक सञ्जालमा राखेको बिषयमा प्रतिक्रिया दिँदै सचिवको प्रतिस्पर्धामा रहेका सहसचिव डा.टीकाराम पोखरेलले आयोगलाई विवादको भूमरीबाट जोगाउन सचिव सिफारिसमा जटिलता सिर्जना भएको, अहिलेसम्मको छनोटसम्बन्धी सम्पूर्ण प्रक्रिया आयोगले रद्द गर्नुपर्ने, कार्यविधिमा भएका र देखिएका त्रुटि, कमजोरी, रिक्तता हटाई कार्यविधि संशोधन गर्नुपर्ने, निष्पक्ष र पारदर्शी भई छोटो समयमा कार्य गर्न सक्ने गरी नयाँ छनोट समिति बनाइ पुनः सचिव छनोट प्रक्रिया अगाडि बढाउनुपर्ने टिप्पणी गरेका छन् ।

ठाकुरले विज्ञप्ति र सामाजिक सञ्जालमार्फत सचिव सिफारिसमा ठाडो प्रतिबाद गरेपछि अहिले आयोगका कतिपय कर्मचारीले उनको कार्यकक्षमा तालावन्दी गरिदिएका छन् । कामु केही आसेपासे कर्मचारी उठाएर तालावन्दी गराइएको आरोप कामु सचिव खरेलमाथि लाष्ेको छ । ठाकुरले सचिवमा सिफारिस भएका खरेलको बिषयमा लाञ्छना लगाउँदै प्रश्न खडा गरेपछि आयोगका अध्यक्ष मगरले विज्ञप्ति नै जारी गरेर सचेत गराएका छन् ।

आयोगको धारणा भन्दै आयोगका अध्यक्ष मगरले ठाकुरद्वारा बिगत केहि दिनदेखि आयोगका कर्मचारीहरु, आयोगको कार्यप्रक्रिया लगायतका विषयलाई लक्षित गरी निरन्तर सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आएका बिषयहरुले आयोग, पदाधिकारीहरू, पूर्वपदाधिकारीहरू, कमर्चारीहरूको गरिमा र मर्यादामाथि असर पर्न गएकोमा आयोगको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

आयोग अध्यक्ष मगरले पछिल्लो समय आयोगका कर्मचारीहरुलाई लक्षित गरी सदस्य ठाकुरद्वारा फेसबुकमा लेखिएका बिषयबाट मानव अधिकार आयोगका पदाधिकारीहरूले पालन गर्नुपर्ने आचारसंहिता, २०८० को व्यवस्था पालना हुन नसकेको चेतावनी समेत दिएका छन् ।

आयोगका कर्मचारीहरुलाई लक्षित गरी ‘भ्रष्टाचार गर्ने’, ‘भ्रष्टाचारीलाई संरक्षण गर्ने’, ‘दादागिरी गर्ने’, ‘अनैतिक काम गर्ने’, ‘आर्थिक अनियमितता गर्ने’, ‘झ्यालबाट आएका’, ‘अनुशासनहीन’ जस्ता अपुष्ट विषयवस्तु तथा शब्दहरु मानव अधिकारमैत्री समेत नरहेको भन्दै मगर गंभिर आपत्ति जनाएका छन् । अभिव्यक्ति स्वतन्त्रताको अधिकारको नाममा लाञ्छना लगाउने, मर्यादामाथि आँच आउने खालका घृणायुक्त अभिव्यक्तिहरु प्रयोग गरिनु दुःखद रहेको समेत मगरले बताएका छन् ।

‘यस्ता कार्यहरूले मानवअधिकारको संरक्षण गर्ने आयोगकोे प्रभावकारितामा नकारात्मक प्रभाव पर्ने एवम् मानव अधिकार प्रतिको प्रतिबद्धतामाथि आँच पु¥याउने र जनविश्वासमा समेत नकारात्मक प्रभाव पुग्न सक्ने देखिन्छ । यसबाट नेपालको संविधानले परिकल्पना गरेको संवैधानिक पदाधिकारीहरूको उच्च नैतिक चरित्रमा ह्रास आउनुका साथै राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरूले पालन गर्नुपर्ने आचारसंहिता, २०८० को व्यवस्था समेत पालना हुन सकेको देखिएन,’ आयोगको धारणा भन्दै मगरले भनेका छन् । ठाकुरले सामाजिक सञ्जालमा प्रयोग गरेको अभिव्यक्तिप्रति भ्रममा नपर्न समेत अनुरोध गरिएको छ ।

एक कर्मचारीका नाममा अध्यक्ष मगर भर्सेज सदस्य ठाकुरविच भएको यो जुहारीका कारण दुबैजना एकै ठाउँमा बस्न सक्ने वातावरण नरहेको आयोगका कर्मचारी बताउँछन् । यसैमा पनि ठाकुरको कार्यकक्षमै तालावन्दी भएपछि विवाद थप चुलिएको बताइन्छ ।

नैतिकताका कारण दुईमध्ये एकजनाले आयोग छाड्नुपर्ने अबस्था आइपरेको अबस्था समेत दर्शाइएको छ । यतिमात्र नभै आन्तरिक लफडाका कारण ठाकुर र कामु सचिव रहेका खरेलले समेत एउटै कार्यालयमा एकसाथ काम गर्न नसक्ने परिस्थिति उत्पन्न भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार