मुख्य समाचार
भगवानपुरमा प्रहरी जवानमाथि कुटपिटको आरोप : घरमै पसेर आक्रमण गरेको दाबी | बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा डा. सिंह नियुक्त | प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै आक्रमण गर्ने दुई पक्राउ | नेपाल प्रहरीका ८ एआईजीको सरुवा, को-कहाँ पुगे ? | जानकीमा अन्तरविद्यालय हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता सम्पन्न | पत्रकार खेम भण्डारी पक्राउ | लघुउद्यममार्फत आत्मनिर्भरता अभियान : जानकीमा नयाँ उद्यमी सिर्जना | जानकीमा रोजगारका चुनौती र सम्भावनाबारे बहस, कृषि आधुनिकीकरणमा जोड | खजुरामा मनाईयो राष्ट्रिय धान दिवस | सरकार किसानका समस्या समाधानमा गम्भीर छैन : प्रचण्ड |

अत्याधुनिक सुबिधा सम्पन्न वेस्टर्न मार्ट शुभारम्भ

महमूद आलम खान 1133+ समाचार ( )
मार्ट लुम्बिनी प्रदेशकै पहिलो अत्याधुनिक भएको दाबी
१६ कार्तिक २०७८, मङ्गलबार

बाँके । वेस्टर्न बिजनेश ग्रुपको लगानीमा नेपालगञ्जमा निर्माण गरिएको अत्याधुनिक सुबिधा सम्पन्न वेस्टर्न मार्ट मंगलवारदेखि सञ्चालनमा आएको छ । दिपावलीको धनतेरसको अवसर पारेर सो मार्टको शुभारम्भ गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलसम्शेर राणाले एक औपचारिक कार्यक्रमका विच सो मार्टको उद्घाटन गर्नुभयो ।

सो अवसरमा नेपालगञ्ज उपमहानगरका उपप्रमुख उमा थापामगर, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, वेष्टर्न विजनेश ग्रुपका अध्यक्ष सन्जय थापा, विभिन्न उद्योगी, ब्यवसायी लगायतको सहभागिता रहेको थियो ।

वेस्टर्न बिजनेश ग्रुपको लगानीमा तयार गरिएको अत्याधुनिक सुबिधा सम्पन्न वेस्टर्न मल भित्र सो मार्ट सञ्चालनमा ल्याइएको छ । यो मार्ट लुम्बिनी प्रदेशकै पहिलो अत्याधुनिक भएको दाबी गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ सुर्खेत रोडस्थित वस्टर्न मार्टमा खाद्यान्न, घरायसी सामान, तरकारी, फलफुल, भाडाँकुडा, टेलिभिजन, मोबाईल फोन, बिभिन्न बिद्युतीय सामान लगायत अन्य अत्यावश्यक तथा दैनिक उपभोग्य बस्तु सहितका सामान सुपथ मुल्यमा उपलब्ध गराइने सञ्चालकले बताए ।

उक्त मार्टमा सुपथ मुल्यमा गुणस्तरिय सामान उपलब्ध हुने र ग्राहकले एकै ठाँउमा सबै समानहरु पाउने छन् । जसले गर्दा दैनिक उपभोग्य बस्तु खरिद गर्न बिभिन्न ठाँउ जाने समय र मोलमोलाई गर्ने झण्झट समेत हट्ने विश्वास गरिएको छ ।

मार्टमा खरिद गर्दा बिभिन्न किसिमका छुट योजनाका साथमा बिभिन्न भाग्यशाली बिजेता चयन गरेर सुपर बम्पर उपहारमा हिरो कम्पनीको स्कुटर लगायत थप ५ लाख रुपैयाँ बराबरको बिभिन्न बिजेतालाई गोलाप्रथाबाट उपहार दिइने ब्यवस्था समेत मिलाइएको छ । उक्त मार्टमा हाल करिब ५० जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराइएको जनाईएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार