मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

सुत्केरी हुन नसकेर स्वास्थ्य केन्द्रमा छट्पटाउँदै महिला

महमूद आलम खान 1133+ समाचार ( )
स्वास्थ्य केन्द्रमा कार्यरत अनमी चन्द्रा दानीले महिलाको पेटमै बच्चा मरिसकेको र अहिले रक्तश्राव भइरहेको बताउनुभयो ।
२७ मंगशिर २०७८, सोमबार

बाजुरा । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा एक महिला सुत्केरी हुन नसकेर छट्पटाइ रहनुभएको छ । बुढिनन्दा नगरपालिका वडा नं। ७ समालगाँउ बस्ने वर्ष २६ की शारदा कडारा अत्यधिक रक्तश्रावका कारण जिवनमरणको दोसाधमा हुनुहुन्छ ।

तीन दिन पहिला कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र पुगेकी शारदाको पेटमै बच्चा मरिसकेको र त्यसपछि रक्तश्राव भएको त्यहाँका स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । स्वास्थ्य केन्द्रमा कार्यरत अनमी चन्द्रा दानीले महिलाको पेटमै बच्चा मरिसकेको र अहिले रक्तश्राव भइरहेको बताउनुभयो । उहाँका अनुसार पाठेघरको मुख पनि नखुलेका कारणले महिलाको अवस्था निकै जोखिम रहेको छ ।

स्वास्थ्य केन्द्रमा शारदालाई सुत्केरी गराउन सम्भव नभएपछि अन्यत्र लैजान भनिएको छ । अन्यन्त्र लैजान पैंसा नभएपछि स्वास्थ्य चौकी बाहिर घाममै महिला छट्पटाइरहेको बताइएको छ । शारदाका श्रीमान चन्दु कडारा श्रीमतीलाई अन्यत्र लैजान पैसाको जोहो गर्न बजार घुमिरहनुभएको छ । अप्रेसन गरेर बच्चा निकाल्नुपर्ने भएकाले रेफर गरिएको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रकी अनमी चन्दाले बताउनुभयो । रासस

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार