मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |

मुस्लिम युवाहरुले गरे बाँकेका हज यात्रीहरुको बिदाई

यूथ टुडे समाचारदाता 3599+ समाचार ( )
२ जेठ २०८१, बुधवार

बाँके । मुस्लिम धर्मालम्वीहरुको प्रमुख तीर्थस्थल साउदी अरेबियाको मक्कामा जाने हज यात्रीहरुलाई बाँकेमा औपचारिक बिदाई गरिएको छ । 

मुस्लिम युवाहरुद्वारा नेपालगञ्जको इदगाहमा आयोजित एक कार्यक्रमका बिच बाँकेबाट जान लागेका हाजीहरुलाई टोपी, गम्छा र महिलाहरुलाई एहराम प्रदान गरी बिदाई गरिएको थियो ।

अमेरिकामा बस्दै आउनु भएका युथ टुडे न्युजमा कार्यकारी निर्देशक राजा खानका तर्फबाट स्थानीय युवाहरुले पानी लगायत खाने समानहरु हस्तान्तरण गर्दै हाजीहरुलाई बिदाइ गरिएको थियो । 

हाजीहरुलाई बिदाइ गर्न मानव अधिकारकर्मी आलम खान, मुस्लिम युवाहरु साहिद सिद्दिकी, युसुफ अन्सारी, मोहम्मद ज्याउलहक, हज समितिका पुर्व सदस्य मेराज अहमद हिमाल, नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ का निर्वतमान अध्यक्ष मोहम्मद सफिक बेहना, नेकपा एमालेका युवा नेता रबि बर्मा लगायतका युवाहरुले बिपि चोक स्थित इदगाह पुगेका थिए।

हाजीहरुलाई बिदाईका लागि जामा मस्जिदले कुर्सीको व्यवस्थापन गरेको थियो भने नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दीन राई, नेपालगञ्ज ५ का वडा अध्यक्ष सराफत खान लगायतका जनप्रतिनिधिहरु इदगाहमा पुगेर हाजीहरुलाई बिदाई गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार