मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

जसपा नेपालको केन्द्रीय सचिवमा बाँकेबाट कमरुद्रिन राई मनोनित

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
१० भाद्र २०८१, सोमबार

बाँके । जनता समाजवादी पार्टी (जसपा) नेपालले पदाधिकारीसहित कार्यकारिणी समिति, केन्द्रीय समिति तथा केन्द्रीय निकायहरूमा सदस्यहरू चयन गरेको छ । 

पार्टी अध्यक्ष उपेन्द्र यादवले पदाधिकारीमा ३०, केन्द्रीय समिति सदस्य २७, केन्द्रीय अनुशासन आयोग ६, केन्द्रीय लेखा परीक्षण आयोग ५ र केन्द्रीय निर्वाचन आयोगमा ५ सदस्य चयन गरेका हुन् ।

जसपाले गत जेठ २८, २९ र ३० गते जनकपुरमा पार्टीको महाधिवेशन गरेको थियो । उक्त महाधिवेशनबाट अध्यक्ष उपेन्द्र यादवबाहेक अन्य पदाधिकारी छनोट भएका थिएनन् । 

आज जारी निर्णय अनुसार सह–अध्यक्षमा रकम चेम्जोङ, पाँच जना उपाध्यक्षहरूमा राजकिशोर यादव, मृगेन्द्र कुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापा मगर, विद्युत् बज्राचार्य रहेका छन् । 

महासचिवमा लालबाबु राउत र रामकुमार शर्मालाई चयन गरिएको छ भने मनिष कुमार सुमनलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

उपमहासचिवमा दीपक कार्की र रेखा यादव रहेका छनभने सचिवमा कमरुद्धीन राई,लिला सिटौला,शैलेन्द्र साह,सुनी लामा,राजकुमार राई,शुरेश मण्डल र लाक्पा शेर्पा रहेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार