मुख्य समाचार
राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग |

बाँके प्रशासनको आदेशको अवज्ञा गर्दै डुडुवामा मदिरा उद्योग संचालनमा

महमूद आलम खान 1133+ समाचार ( )
उद्योग नजिक रहेको मतदान केन्द्र दुर्गन्धीत
२८ वैशाख २०७९, बुधवार

बाँके। स्थानीय तह निर्वाचनको मौन अवधि सुुरु भएसँगै स्थानिय प्रशासनले मदिरा बेच्न रोक लगाए पनि डुडुवा गाँउपालिका वडा नं. ४ मा रहेको मदिरा उद्योग बन्द नहुदाँ समस्या सृजना हुने देखिएको छ ।

मंगलबार मध्यराति मदिरा बिक्री वितरण तथा सेवन नगर्न बाँके जिल्ला प्रशासनसहित अधिकांश जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ । तर डुडुवा रहेको मदिरा उद्योगलाई उक्त सूचनाले कुनै असर गरेको छैन् । डुडुवा ४ को मतदान केन्द्र मदिरा उद्योगका कारण दुर्गन्धीत बने पनि निर्वाचन आयोग मौन रहेको छ । 

आज देखि मतदान केन्द्रबाट मतदाता परिचय पत्र वितरण गर्न सुरु गरिए पनि मदिरा उद्योगको दुर्गन्धका कारण काम गर्न समस्या भएको कर्मचारीहरु बताउछन् । स्थानीयहरुले भने निर्वाचनको अवधी भरी मदिरा उद्योग बन्द गरी सहज रुपमा मतदान गर्ने वातावरण निर्वाचन आयोगले मिलाउन सके जनतालाई सहज हुने उनको भनाई थियो ।

मौन अवधिमा बाँकेको नेपालगंज लगायत क्षेत्रमा रहेका नाइट क्लवहरुमा समेत मदिरा बेच्न र सेवन गर्न जिल्ला प्रशासन कार्यालयले निषेध गरेको छ । मौन अवधिमा रात्रि क्लबहरूमा मदिरा बेच्न र सेवन गर्न रोक लगाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले बताए ।

उनका अनुसार नाइट क्लबहरूमा पनि बिक्री वितरण निषेध गर्न सुरक्षाकर्मीले निगरानी गर्नेछन् । स्थानीय तह निर्वाचन निर्देशिका–२०७८ को दफा–७१ अनुसार ‘मादक पदार्थ निषेध गर्ने’ व्यवस्थाअनुसार स्थानीय प्रशासनलाई मदिरा बेच्न र खान निषेध गर्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार