मुख्य समाचार
“स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश | बर्दियाको गुलरिया,मधुवन र बढैयातालमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन | जानकी गाउँपालिकामा तीन दिने विपद् उद्धार तालिम सम्पन्न | विपद्सँग जुध्न जानकी गाउँपालिका सक्रिय : तीन दिने उद्धार टोली क्षमता अभिवृद्धि तालिम सुरु | 'एसईई'मा चार ‘जिपिए’ ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार | जानकी अध्यक्ष कप क्रिकेटको उपाधि रमवापुरलाई |

नेपाली कांग्रेस बाँकेको चुनाव लक्षित कार्यक्रम सुरु

यूथ टुडे समाचारदाता 3381+ समाचार ( )
‘जनताको साथमा कांग्रेस’ नाम दिइएको चुनावी अभियानको जिल्ला कार्यसमिति बाँकेले नेतृत्व गर्ने सभापति नारायणप्रसाद गौडेलले बताउनुभयो ।
१० भाद्र २०७९, शुक्रबार

बाँके । नेपाली कांग्रेस बाँकेले आजदेखि चुनाव लक्षित अभियान संचालन गरेको छ । ‘जनताको साथमा कांग्रेस’ नाम दिइएको चुनावी अभियानको जिल्ला कार्यसमिति बाँकेले नेतृत्व गर्ने सभापति नारायणप्रसाद गौडेलले बताउनुभयो ।

बाँके कांग्रेसले आज आयोजना गरेको पत्रकार भेटघाटमा सभापति गौडेलले अभियानको कार्ययोजना तय गर्न प्रदेश क्षेत्रीय समिति र पालिका समितिसंग समन्वय गरिने बताए । भदौ २४ गतेसम्म संचालन हुने अभियानका लागि सबै पालिकामा प्रतिनिधि खटाइने र भातृ तथा शुभेच्छुक संगठनलाई परिचालन गरिने कार्ययोजना समेत तय गरिएको जानकारी दिए।

बाँकेमा प्रदेश र संघको निर्वाचन जित्न कांग्रेस आफै सक्षम रहेको बताउदै सभापति गौडेलले केन्द्रबाटै दलिय तालमेलको निर्णय भएमा त्यसलाई मानेर जाने स्पष्ट पार्नुभयो । सभापति गौडेलले स्थानीय चुनावमा हासिल गरेको उपलब्ध अभूतपूर्व रहेको बताउँदै आउने चुनावमा पनि यस्तै सुखद नतिजा हात पार्ने अभियानमा अर्जुनदृष्टिका साथ लागेको जिकिर गरे ।

पत्रकार भेटघाटमा प्रदेश कमिटी सदस्य प्रमेश्वरी पाठक, तरुण दलका पूर्व महासचिव एवम् कांग्रेस नेता हुर्मत न्यौपाने, कांग्रेस बाँकेका उपसभापतिद्वय गोपालप्रसाद अधिकारी र कृष्णबहादुर कार्की, सचिव सुधांशु कोइराला, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, सहसचिवद्वय रेनुसिंह ठाकुर र विनोदकुमार थारु, प्रवक्ता डिल्ली गिरीलगायतको उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा बाँके कांग्रेसले कान्तिपुर टेलिभिजनका पत्रकार जे. पाण्डेलाई सम्मान गरेको छ । बरिष्ठ उपसम्पादक पदमा बढुवा भएको भन्दै पाण्डेलाई सम्मान गरिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार