मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

माओवादिबाट निर्वाचित पाेखरेल कसरी भए जनप्रिय जनप्रतिनिधि ?

Youth Today News 1+ समाचार ( )
"पाँच बर्षकाे बिकासे प्रगति विवरण"
१४ वैशाख २०७९, बुधवार

रिया बस्नेत क्षेत्री 

बुटवल । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि धुर्कोट गाउँपालिकामा जनप्रिय बिकासप्रमि तथा युवा नेता भुपाल पोखरेलले नेकपा माओवादी केन्द्रको तर्फबाट दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएका छन।

आफुले पहिलो कार्यकालमा सुरु गरेका कतिपय विकास निर्माणका कामहरु अधुरै रहेकोले बाकि अपुरा काम पूरा गर्ने प्रतिबद्धताका साथ दोस्रो कार्यकालका लागि उम्मेदवार दिएकाे पोखरेलले बताए । देशव्यापी रुपमा पाँच दलिय गठबन्धन भए पनि उनी साेहि गाउँपालिका बाट भने एक्लै चुनावि मैदानमा उत्रिएका छन । बिगत पाँच बर्षकाे बिकास निर्माणकाे प्रगति विवरण हेर्दा आफ्नो कार्यकालमा धुर्कोट गाउँपालिका नेपालमा तेस्रो तथा लुम्बिनी प्रदेशमा पहिलो नमुना गाउँपालिका बनाउन सफल भएका थिए।

पाँच बर्षकाे प्रगति विवरण ;

गाउँपालिकाको भवन निर्माण, पालिका वरिपरी पक्की सडक, दुईवटा सभाहल निर्माण, शहिद पार्क, प्राथमिक स्वास्थ्य केन्द्र एवम् स्वास्थ्य चौकीको भवन निर्माण, वडा कार्यालय, विद्यालयका भवन, लगायतका भौतिक संरचना निर्माण गर्न सफल भएको उल्लेख गरेका छन् ।

स्वास्थ्यतर्फ, स्वास्थ्य चौकीमा आवश्यक औषधीको उपलब्धता, धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे, रगत, खकार लगायतका परीक्षण, सुत्केरीको लागि निःशुल्क एम्बुलेन्स, जटिल प्रकारका रोगको लागि यातायात खर्चको व्यवस्था लगायतका काम गरेको पोखरेलले बताए । स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गरेको, अभिभावक बिहिन बालबालिकाहरुलाई आवासीय सुविधासहित अध्ययनको व्यवस्था मिलाएको, पाञ्चायन माविमा संचालन गरेको कृषि शिक्षालाई व्यवस्थित गरेको लगायतका उल्लेख्य काम गरेको पोखरेलले दाबी गरे ।

उत्पादनमा आधारित अनुदान, बाँझो जग्गा खन्नेलाई अनुदान, उत्पादित कृषि सामग्रीको बजारीकरण, पशु बीमा, खरका छाना विस्थापन, मासुमा आत्मनिर्भर गाउँपालिका, बिपन्नको लागि एकीकृत नमुना बस्ती, एक घर एक धारा, सामुदायिक रेडियो संचालन, लगायतका लोकप्रिय काममा सफलता पाएको पोखरेलको दाबी छ । यस्तै कामले गर्दा प्राकृतिक स्रोत तथा वृत्त आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार धुर्कोट गाउँपालिका नेपालकै तेस्रो तथा लुम्बिनी प्रदेशमा पहिलो नमुना गाउँपालिका हुन सफल भएको पोखरेलले बताए ।

पाेखरेलले आगामी पाँच बर्षमा पहिलो कार्यकालमा थालनी भएका योजनाहरु पुरा गर्ने, सबै वडासम्म पुग्ने बाटो पिच गर्ने, १५ शैयाको अस्पताल संचालन गर्ने, कृषि,स्वास्थ , शिक्षा, रोजगारी लगायतका क्षेत्रमा श्रृजनशिल तथा उल्लेख्निय काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार