आर्थिक प्रतिबेदन सार्वजानिक भए संगै नेपालगन्जको कब्रिस्तानमा देखिएको विवाद अन्त्य

महमूद आलम खान 1132+ समाचार ( )
बिवादको पछि नलाग्न गृह प्रशासनलाई मुस्मिलहरुको आग्रह
६ फाल्गुन २०७८, शुक्रबार

बाँके । नेपालगन्ज वडा नम्बर  ४ मा रहेको कब्रिस्तानमा पछिल्लो समयमा देखिएको विवाद सामाधान भएको छ ।केही व्यक्तिहरु राजनितिक स्वार्थ पूर्तिका लागि कब्रिस्तान समितिलाई बदनाम गराउने प्रयास गरेको भन्दै समितिले दुख व्यक्त गरेको छ ।

कब्रिस्तान समितिले शुक्रबार नेपालगंजमा एक कार्यक्रमको आयोजना गरी लेखा परिक्षण प्रतिबेदन सार्वजानिक गर्दै समिति माथि लगाइएको सबै आरोपहरु निराधार रहेको स्पष्ट पारेको छ । 

समितिका महासचिव एंव नेकपा एमालेका केन्द्रीय सदस्य मोहम्मद हरुन कादरीले कब्रिस्तान भित्र निमार्ण गरीएका सटरहरुको भाडा नदिनेहरुले नै समिति माथि कपोकल्पीत आरोप लगाएको बताउदै १५ दिन भित्रै भाडा नदिए सटर खाली गराउने बताउनु भयो । कब्रिस्तान समितिले आयोजना गरेको आर्थिक प्रतिबेदन सार्वजानिक र बृहत भेला कार्यकमको प्रत्यक्ष प्रशरण

कार्यक्रममा सहभागि मुस्लिमहरुले कब्रिस्तानमा राजनिति करण गर्न खोज्ने र कब्रिस्तानमा हुदै नभएको आरोप लगाउनेहरुलाई सामाजिक बहिष्कार गर्न माग गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपालगंज ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले कब्रिस्तान जस्तो पाक ठाउँमा राजनिति गर्नु इस्लामीक कानुन विपरीत रहेको बताउदै उहाँले कब्रिस्तानलाई अझ व्यवस्थित गर्न तर्फ केन्द्रीत हुन मुस्लिम समुदाय संग अपिल गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै मुस्लिम पत्रकार क्लबका अध्यक्ष एंव अधिकारकर्मी आलम खानले पछिल्लो समयमा धार्मिक स्थलहरुमा देखिएको समस्यालाई समाधान गर्न तर्फ केन्द्रीत हुन आग्रह गर्दै धर्म गुरुहरुको दोहोरो चरित्रका कारण धार्मिक समस्या सृजना भई रहेको प्रति चिन्ता व्यक्त गर्नु भएको थियो । उहाँले कब्रिस्तानको समस्या समूदाय स्तरबाट समाधान गर्न सफल भएको भन्दै समितिलाई धन्याद दिनु भएको थियो ।

यस्तै नेपाल मोर्हम पर्व तथा कब्रला संरक्षण समितिका अध्यक्ष गुलाम हुसेनले समाजमा स्थापीत एकतालाई कमजोर बनाउनका लागि केही तत्वहरु सक्रिया रहेकोले गृह प्रशासनलाई गम्भीर बन्न अपिल गर्नु भयो । उहाँले कब्रिस्तानमा कुनै बिबाद नरहेको र धार्मिक स्थलमा अनावश्यक दबाब नदिन समेत सुझाव दिनु भएको थियो ।

यस्तै नेपालगंज मुस्लिम समाजका अध्यक्ष अब्दुल हकिमले कब्रिस्तानमा भौतिक संरचना निमार्णका क्रममा देखिएको बिबाद अन्त्य भएको जिकिर गर्दै कब्रिस्तानलाई व्यवस्थित गर्न तर्फ भूमिका निर्वाह गर्न आग्रह गर्नु भयो ।

इस्लामीक संघका अध्यक्ष उबेदुर रहमानले कब्रिस्तानको समस्या जिल्ला प्रशासन वा अदालतले समाधान गर्न नसक्ने भएकोले समूदाय स्तरमा बसेर समाधान गरी सदभावको सन्देश दिन जरुरी रहेको बताउनु भएको थियो ।

कब्रिस्तान व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद याकुब अन्सारीले कब्रिस्तान जस्तो पवित्र स्थलमा भ्रष्टाचार भएको भनी आरोप लगाउनु निन्दनीय भएको बताउदै भ्रष्टाचारको आरोप लगाउनेहरुले नै वर्षौ देखि सटरको भाडा नदिएको र भाडा मागे कै कारण भ्रष्टाचारको आरोप लगाएर जिल्ला प्रशासनमा उजुरी दिएको बताउनु भयो । उहाँले दुई चार जना अमुख व्यक्तिहरुको पछाडि नलाग्न गृह प्रशासन संग अपिल गर्नु भयो ।

कब्रिस्तान समितिले नेपालगंजमा आयोजना गरेको बृहत भेलामा सहभागिहरुले कब्रिस्तानको आर्थिक प्रतिबेदन सर्वसम्मत रुपमा पारीत गरेका थिए भने समितिको विरुद्धमा फैलाइएको भ्रमका विषयमा प्रमुख जिल्ला अधिकारी संग छलफल गर्ने, १५ दिन भित्रै बक्यौता भाडा नदिनेहरुको सटरमा ताला लगाउने लगायत निर्णय गरिएको प्रवक्ता अतहर हुसेन फरुकीले जानकारी दिनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार