मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
१२ श्रावण २०८३, मङ्गलबार

बाँके । जानकी गाउँपालिका–मानपुरमा वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न प्रजातिका ४ हजार ८ सय २० वटा विरुवा वितरण गरिएको छ।

जानकी गाउँपालिका मानपुर बाँकेको वातावरण तथा विपद् व्यवस्थापन समितिको अगुवाइमा वन बीउ प्रयोगशाला भण्डारण केन्द्र तथा आधुनिक अनुसन्धानमूलक नर्सरी, कोहलपुर बाँकेको सहयोगमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियानअन्तर्गत स्थानीय जनसमुदाय तथा किसानलाई विरुवा वितरण गरिएको हो।

कार्यक्रममा मयुरपँखी १ हजार, वीरेन्द्रफूल ५ सय, कपूर २ सय, कल्पीफूल १ सय, पारिजात ३ सय, छतिवन ५०, अमला ८ सय, युक्लिप्टस ८ सय, अम्बा ५ सय, कागती ३ सय, समी १०, सागवान १ सय, सतिसाल १ सय र गोलमोहर ५० वटा विरुवा वितरण गरिएको जनाइएको छ।

विरुवा वितरण गर्दै आयोजकले वातावरण संरक्षण, जलवायु परिवर्तनका असर न्यूनीकरण तथा गाउँपालिकालाई हरियालीयुक्त बनाउने अभियानमा स्थानीय बासिन्दाको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिएका छन्।

विरुवा वितरण कार्यक्रमले किसानलाई फलफूल तथा उपयोगी प्रजातिका विरुवा रोप्न प्रोत्साहन गर्नुका साथै वातावरण संरक्षणमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। स्थानीयस्तरमा वृक्षरोपणको अभियानलाई निरन्तरता दिँदै जनसमुदायको सहभागितामा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको विपत शाखा प्रमुख राजेन्द्र बाजपाइले बताउनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार