मुख्य समाचार
नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण | करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता |

१६ जना प्रमुख जिल्ला अधिकारी सहित २५ जना सहसचिवको सरुवा

यूथ टुडे समाचारदाता 3515+ समाचार ( )
३० मंगशिर २०८०, शनिबार

काठमाडौं । सरकारले सात जना सचिव सरुवा गरेको भोलिपल्ट आज १६ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित २५ जना सहसचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सात जना सचिव सरुवा गर्ने निर्णय गरेको थियो ।

यस्तै, शुक्रबार गृह मन्त्रालयले सिडिओ । सहसचिवहरुलाई सरुवा तथा पुर्नस्थापना गरेको हो । जसअनुसार बन्धुप्रसाद बास्तोलालाई झापा, शंकरहरि आचार्यलाई सुर्खेत, नारायणप्रसाद सापकोटालाई भोजपुर र हरिप्रसाद घिमिरेलाई उदयपुर सरुवा गरेको छ ।

त्यस्तै, जनार्दन गौतमलाई तनहुँ, बीरेन्द्रकुमार यादवलाई गृह मन्त्रालय, हिरालाल रेग्मीलाई रौतहट, धर्मेन्द्रकुमार मिश्रलाई कैलाली, दिनेश सागर भुसाललाई पर्सा, युवराज कटेललाई गृह मन्त्रालय, विश्वप्रकाश अर्याललाई कपिलवस्तु र सुरेश पन्थीलाई नवलपरासी पश्चिम, सुनिता नेपाललाई स्याङ्जा र शशिधर घिमिरेलाई गृह मन्त्रालय सरुवा गरिएको छ ।

यसैगरी, सहसचिव आनन्द काफ्लेलाई पाल्पा, प्रेमप्रसाद भट्टराईलाई मोरङको सिडिओ, भोला दाहाललाई गोरखाको सिडिओ, नारायणप्रसाद अर्याललाई प्युठानको सिडिओ, भरत खनाललाई सिन्धुलीको सिडिओ, महादेव पन्थलाई कसूरजन्य सम्पत्ति व्यवस्थापन विभाग र स्किम श्रेष्ठलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

यस्तै, झक्कुप्रसाद आचार्यलाई सिन्धुपाल्चोक र जयनारायण आचार्यलाई सुनसरीको सिडिओमा नियुक्त गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार