बाँके । अपहरण बलात्कार तथा शरीर बन्धक मुद्दाका फरार अभियुक्तलाई बाँके प्रहरीले पक्राउ गरेको छ । डुडुवा गाउँपालिका –३ हलबलडोली निवासी ४५ वर्षीय झुन्नोवा भनिने मसिउल्ला खाँ पक्राउ परेका हुन् ।
अभियुक्त खानलाई मंगलबार हलबलडोली गाउँ बाटै पक्राउ गरिएको बनकट्टी प्रहरी चौकीले जनाएको छ ।
प्रहरीका अनुसार अपहरण, बलात्कार तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालत बाँकेको निर्णयलाई उच्च अदालत तुलसिपुर इजलास नेपालगञ्जले खाँ विरुद्ध २०७९ चैत्र २ मा थुनामा राख्ने फैसला सुनाएको थियो । अदालतको फैसला संगै पक्राउ गर्न पक्राउ पुर्जी जारी गरे पछि फरार रहेका खाँलाई बाँके प्रहरीले पक्राऊ गर्न सफल भएको छ । उक्त संलग्न रहेका अन्य अभियुक्तहरु रहेकोले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।