मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

महानवमीको पूर्व सन्ध्यमा नरैनापुर गाँउपालिका अध्यक्ष शाहद्धारा दुर्गा समितिलाई सहयोग

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
अध्यक्ष शाहले सबै हिन्दुहरुलाई दशैंको नवरात्रमा हर्षोल्लास र शक्ति अझ बढोस् भन्ने कामना गर्नु भएको थियो ।
१७ अशोज २०७९, सोमबार

बाँके । बडादसैँ एवं नवरात्रको आठौँ दिन नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाह नरैनापुर ५ मटेहियाको विभिन्न टोलमा स्थापना गरिएको मूर्ति सहितको पूजा आराधना स्थलमा पुगेर दशैँले सामाजिक एकता कायम गराउन सकोस भनी कामना गर्नु भएको थियो । 

मटेहियाको बिभिन्न टोलमा राखिएको मूर्तिहरुको अवलोकन गर्न पुग्नु भएका अध्यक्ष शाहलाई स्थानीयहरुले गाँउपालिकाको अभिभावकलाई आफनो गाँउ घरमा नै भेटन पाएको भन्दै भव्य स्वागत गरेका थिए ।

प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा–आराधना गर्ने वैदिक सनातनी परम्परा छ । 

नरैनापुरको ६ वटै वडामा राखीएको मूर्तिको अवलोकन गरी नव दुर्गा समितिलाई आफनो व्यक्तिगत तर्फबाट आर्थिक सहयोग प्रदान गर्दै गाँउपालिका अध्यक्ष शाहले दशैँ सबै नेपालीको साझा पर्व भएकोले नरैनापुरमा यो पर्व विभाजित भएर नभई एकताबद्ध भएर मनाउन अपिल गर्नु भएको थियो ।

नरैनापुर गाँउपालिका अध्यक्ष शाहले सबै हिन्दुहरुलाई दशैंको नवरात्रमा हर्षोल्लास र शक्ति अझ बढोस् भन्ने कामना गर्नु भएको थियो । दशैंको नवरात्रिले सबैलाई एकसूत्रमा बाँधिराखेकोे उल्लेख गर्दै आस्था र पृष्ठभूमि जे भए पनि एकअर्कालाई स्वीकार र सम्मान गर्दै विशेषाधिकार तथा जिम्मेवारी हामी सबैलाई मिलोस् भनेर नरैनापुर गाँउपालिकाले प्रतिज्ञा गरेको अध्यक्ष शाहको भनाई थियो ।

नरैनापुर गाँउपालिका अध्यक्ष शाह संगै वडा नं. २ का अध्यक्ष मसूद अहमद शाह, बिज्रेन्द्र यादव, अरुण यादव लगायतले नवदुर्गा माताको दर्शन गरेको बिज्रेन्द्र यादवले जानकारी दिनु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार