मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

बेसको सामाजिक लेखा परिक्षण सम्पन्न

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
बेसका केन्द्रीय सदस्य चौधरीले नरैनापुरको २ वटा विद्यालयमा ७०६ जना विद्यार्थीहरुलाई १३ लाख ९१ हजार ९ सय ९८ रुपिया बराबरको शैक्षिक सामाग्री वितरण गरेको बताउनु भयो
९ श्रावण २०८०, मङ्गलबार

बाँके । व्याक वार्ड सोसाईटी एजुकेशन (बेस) नामक गैह् सरकारी संस्थाले पालिका स्तरीय सामाजिक लेखा परिक्षण सम्पन्न गरेका छ । मंगलबार राप्ती सोनारी गाँउपालिकामा आयोजित कार्यक्रममा सरोकारवाला निकायका कर्मचारीहरु, स्थानीय सरकारका प्रतिनिधिहरु, सेवाग्राहीहरु र संचारकर्मीहरुको उपस्थितिमा सामाजिक लेखा परिक्षण सम्पन्न भएको हो ।

बेसका केन्द्रीय सदस्य संगिता चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले शैक्षिक क्षेत्रको सुधारका लागि बेसले सुरु गरेको अभियान प्रशंसा योग्य रहेको बताउदै उहाँले नरैनापुर र राप्ती सोनारीको सबै विद्यालयलाई लक्षित गरी कार्यक्रम संचालन गर्न सुझवा दिनु भएको थियो । 

बेसका केन्द्रीय सदस्य चौधरीले नरैनापुरको २ वटा विद्यालयमा ७०६ जना विद्यार्थीहरुलाई १३ लाख ९१ हजार ९ सय ९८ रुपिया बराबरको शैक्षिक सामाग्री वितरण गरेको बताउनु भयो । उहाँले भन्नुभयो राप्ती सोनारी गाँउपालिकाको ५ वटा विद्यालयमा १२४२ जना विद्यार्थीलाई २४ लाख ४८ हजार ८ सय १३ रुपिया बराबरको शैक्षिक सामाग्री वितरण गरिएको जानकारी गराउनु भएको थियो । 

कार्यक्रममा बोल्ने सहभागिहरुले बेसले प्रदान गरेको शैक्षिक सामाग्रीका कारण विद्यार्थीहरुको संख्यामा बृद्धि भएको बताउदै शैक्षिक सुधारका लागि थप कार्यक्रम ल्याउन माग गरिएको थियो ।

कार्यक्रममा राप्ती सोनारी गाँउपालिकाका उपाध्यक्ष मनिषा थारु, राप्ती सोनारीका प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश देबकोटा, वडा नं ३ का वडा अध्यक्ष मिन कुमार चौधरी लगायतले आफनो धारणा राख्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार