मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

महिलाहरूले अब फेरि समाजवादी क्रान्तिको नेतृत्व गर्ने बेला आएको प्रचण्डको भनाई

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
१९ चैत्र २०८१, बुधवार

बाँके । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र नभई विश्व राजनीतिमै प्रेरणाको स्रोत बनेको बताउनुभएको छ । बाँकेमा अनेमसंघ क्रान्तिकारी लुम्बिनीको दोस्रो प्रदेश सम्मेलन उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

जनयुद्धको बेलामा महिला सहभागिता बढाउन सकिएन भने क्रान्ति सफल हुँदैन भन्ने मान्यताका साथ महिला सहभागिता बढाइएको र नेतृत्वदायी भूमिकामा अघि बढाइएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र होइन, संसारभरिका महिलाका लागि प्रेरणा र ऊर्जाको स्रोत बनेको छ ।’ जनमुक्ति सेनाको झण्डै ४० प्रतिशत सङ्ख्या महिला रहेको स्मरण गर्दै उहाँले महिला कमान्डरले नेतृत्व गरेका सबै लडाई जितिने गरेको पनि स्मरण गर्नुभयो । उहाँले हिजो क्रान्तिको नेतृत्व र रक्षा गर्ने महिलाहरूले अब फेरि समाजवादी क्रान्तिको नेतृत्व गर्ने बेला आएको बताउनुभयो ।

‘महिलाहरू चुलो चौकाबाट निस्केर बन्दुक बोकेर युद्ध मोर्चामा जान तयार नभएको भए आजको राजनीतिक परिवर्तन सम्भव थिएन र राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिताको संवैधानिक सुनिश्चितता अझ धेरै टाढाको विषय हुने थियो’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘यो नेपालसहित संसारभरिकै समानता पक्षधर श्रमजीवी जनताका लागि ऊर्जाको स्रोत बनेको छ भने सामन्तहरूका लागि आफ्नो हैकम खोसिएकोमा चुनौतीको विषय बनेको छ ।’

उहाँले जनयुद्धको राप तापबाट महिला, जनजाति, किसान, मजदुर, दलित, मधेशी, मुस्लिम लगायत उत्पीडित वर्गको मुक्तिका लागि ऐतिहासिक सफलता प्राप्त गरे पनि पछिल्ला आठ दश वर्षमा पार्टीले आफ्नो वर्ग र समुदायसँगको सम्बन्ध कायम राख्न केही कमजोरी गरेको बताउनुभयो ।

उहाँले अब आफ्नै वर्ग र समुदायमा फर्केर आफ्नै एजेन्डाको बलमा कसैसँग सहकार्य नगरेर एक्लै निर्वाचन लड्ने सङ्कल्पका साथ अघि बढेको जानकारी दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार