मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

कर्णालीले चितवनलाई दियो १७६ रनको चुनौतीपूर्ण लक्ष्य

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
३ पौष २०८१, बुधवार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को एनिमिनेटर खेलमा जितका लागि कर्णाली याक्सले चितवन राइनोज लाई एक सय ७६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ७५ रन बनायो । 

कर्णालीका लागि ओपनर जयकिशन कोल्छावाला र विलियम बसिस्टोले अर्धशतकीय इनिङ्स खेल्नुभयो । कोल्छावालाले ५३ र बोसिस्टोले ५२ रन बनाउनुभयो । यस्तै चादविक वाल्टनले अविजित ४६ र जिसन मक्सुदले १४ रन बनाउनुभयो । 

बलिङमा चितवनका सोहिल तन्विरले दुई विकेट लिनुभयो । सरद भेषवाकार, रवि बोपरा र कप्तान कुशल मल्लले एक एक विकेट लिनुभयो । 

आजको यस खेल दुवै टोलीका लागि ‘नकआउट’ हुनेछ । यो खेल हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ । जित्ने टोलीले भने फाइनल पुग्न अर्को खेल खेल्न पाउनेछ । 

लिग चरणमा चितवनले सात खेलमा चार जित र तीन हारको नितजासहित आठ अङ्क जोडेर तेस्रो बन्दै प्लेअफमा स्थान बनाको हो । कर्णाली पनि सोही नजिता र समान आठ अङ्क जोड्दै नेट रन रेटको आधारमा प्लेअफमा पुगेको थियो ।

चितवन आज लिग चरणमा कर्णालीसँग हारेको बदला लिने दाउमा छ । यता कर्णाली लिग चरणको जितलाई कायम राख्दै अगाडि बढ्ने अभियानमा छ । लिग चरणको खेलमा कर्णालीले चितवनलाई ६ विकेटले हराएको थियो ।

आजै दिउँसो पहिलो क्वालिफायर खेलमा लिगको शीर्षटोली सुदूरपश्चिम रोयल्स र दोस्रो टोली जनकपुर बोल्ट्स प्रतिस्पर्धा हुँदैछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै