मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

दश बुँदे पक्षधरको ब्यापक विरोध पछि एमालेले सच्याउने भयो समानुपातिकको बन्दसूची

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
दश बुँदे पक्षधर अर्थात नेकपा एमालेका पूर्व माधव समूह र पूर्वमाओवादी नेताले ब्यापक विरोध गरेपछि निर्वाचन आयोगलाई बुझाएको समानुपातिकको बन्दसूची सच्याउ एमाले अध्यक्ष केपी शर्मा ओली तयार भएका छन्
१३ अशोज २०७९, बिहीबार

काठमाडौं । दश बुँदे पक्षधर अर्थात नेकपा एमालेका पूर्व माधव समूह र पूर्वमाओवादी नेताले ब्यापक विरोध गरेपछि निर्वाचन आयोगलाई बुझाएको समानुपातिकको बन्दसूची सच्याउ एमाले अध्यक्ष केपी शर्मा ओली तयार भएका छन् ।

समानुपातिकको सूचीमा अध्यक्ष ओलीले आफ्नो समूहका नेताको मात्र नाम समावेश गरेको भन्दै दश बुँदे र पूर्व माओवादी नेताले सार्वजनिक रूपमै अध्यक्ष ओलीको विरोध गरेका थिए ।

पूर्व माओवादी नेताहरूले अध्यक्ष ओलीलाई समानुपातिक तर्फको बन्दसूचीकै कारण पार्टीमा विद्रोह गर्नुपर्ने परिस्थिति बन्न लागेको भन्दै सचेत गराएका थिए । त्यसपछि ओली यस विषयमा गम्भीर बनेका हुन् ।

पूर्व माओवादी समूहबाट रामबहादुर थापा ‘बादल’ लगायत केही नेतालाई समेटेर एमालेले अन्तिम बन्दसूची तयार पार्ने बुझिएको छ । 

समानुपातिक तर्फको बन्दसूचीको विषयलाई लिएर विवाद उत्पन्न भएपछि एमालेले बिहीबार साँझ सचिवालय बैठक बोलाएको थियो । बैठकले बन्दसूची सच्याउने निर्णय गरेको छ । तर, यसपटक पनि यसको अन्तिम निर्णय गर्ने अधिकार भने अध्यक्ष ओलीलाई नै दिएको छ ।

असोज ३ गते निर्वाचन आयोगलाई मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फको बन्दसूची बुझाएको एमालेले करेक्सन सहितको बन्दसूची असोज १५ गते बुझाउने भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार