मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

सोफिया स्कुलले मनायो १८औं खेलकुद दिवस( फोटो फिचर)

यूथ टुडे समाचारदाता 3399+ समाचार ( )
१३ फाल्गुन २०८१, मङ्गलबार

बाँके । नेपालगन्जको सोफिया रेजिडेन्सियल स्कुलले मंगलबार १८ औं खेलकुद दिवस विभिन्न कार्यक्रम गरि भव्यताका साथ सम्पन्न भएको छ । स्कुलको प्राङ्गणमा सम्पन्न भएको सो कार्यक्रममा विभिन्न विधामा खेलाइएका ५० वटा खेलकुद प्रतियोगिताका बिजेतालाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा विजेता बनेका विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका आन्तरिक मामिलामा तथा कानुन मन्त्री आदेश आग्रवाल, स्कूलका अध्यक्ष केबी बसेल, प्रबन्धक सुशीला बसेल, प्रिन्सिपल सुरेश गुरुङ, भेरी अस्पताल विकास समितिका सदस्य डा. डक्टप्रसाद धिताल, रेडियो नेपालका संवाददाता आलम खान, गोरखापत्रका सम्बाददाता सिराज खान लगायतले मेडल र ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नु भयो । 

प्रमुख अतिथि मन्त्री आग्रवालले नेपालमा खेलको विकास हुँदै आएको चर्चा गर्दै सरकारले खेलका माध्यमबाट पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि उच्च राख्ने गरी खेलकुदको विकासमा कदम चालेको बताउनु भयो । सोफिया स्कुलमा हुने यस्ता विभिन्न खेलकुद प्रतियोगिताले खेलको विकास र खेलाडीलाई प्रोत्साहन मिल्ने बताउँदै उहाँले खेलको विकासलाई सन्तोषजनकरुपमा अगाडि बढाउन स्थानीय तहको सहयोग पनि अपरिहार्य रहेको औँल्याउनुभयो । स्थानीयस्तरबाटै खेलकुदको विकास र खेलाडीलाई प्रोत्साहन दिने कार्यक्रम अगाडि बढाउनुपर्ने मन्त्री आग्रवालले औँल्याएका थिए ।

कार्यक्रममा पिजि कक्षादेखि १० कक्षासम्मका विद्यार्थीहरुले विभिन्न प्रतियोगितामा भाग लिएको प्रिन्सिपल सुरेश गुरुङले जानकारी दिनुभयो। गुरुङका अनुसार विद्यार्थी मात्रै नभएर विद्यार्थीका अभिभावक, शिक्षक, शिक्षिकाहरुले पनि दौड प्रतियोगितामा भाग लिएका थिए । दौड प्रतियोगितामा विजेता बनेका अभिभावक, शिक्षक तथा शिक्षिकाहरुलाई पनि मेडल प्रदान गरिएको थियो । 

प्रतियोगितामा दौड, हाइजम्प, लङ्ग्जम्प, सर्टपुट, ब्याडमिन्टन, कबर्डी, फुटबल, क्रीकेट, डोरी तान्ने खेल लगातका खेल समावेश गरिएको शिक्षक निता शाहले जानकारी दिनुभयो । उहाँका अनुसार ब्लु हाउस, रेड हाउस, एल्लो हाउस र ग्रीन हाउस गरि चारवटा समूह बनाएर प्रतियोगिता गराइएको थियो । 

प्रतियोगितामा ब्लु हाउस च्याम्पियन बनेको उहाँले बताउनुभयो । एथलेटिक्स, मार्चपासलगायतमा राम्रो प्रदर्शन गरेको सो समुहले च्याम्पियन बन्दै यो वर्षको खेलकुद प्रतियोगिताको कप उचाल्न सफल बनेको हो । दोस्रो ग्रिन हाउस, तेस्रो एल्लो हाउसले उपाधि जितेको स्कुलले जनाएको छ ‌ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार