मुख्य समाचार
नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? |
मुख्य समाचार
नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? |


मृतक आमाकाे न्याय माग्दै ८ बर्षिय बालक सडकमा छाेरा भन्छन "मेराे आशु पुछिदै "

Youth Today News 1+ समाचार ( )
मृतक आमाकाे न्यायकाे लागी त्याे ८ बर्षिय अबाेध बालक सडकमा उत्रिएका छन " मेराे ममिलाई यसरि मार्न पाईदैन , मेराे ममि फिर्ता गर , मलाई न्याय दे , ज्यानमारालाई फासी दे , मेराे ममिलाई न्याय दे , मेराे आशु पुछि दे " भन्दै प्रदर्शनमा हुमिएका छन ।
३ वैशाख २०७९, शनिबार

रिया बस्नेत क्षेत्री / रुपन्देही । मृतक आमाकाे न्यायकाे लागी त्याे ८ बर्षिय अबाेध बालक सडकमा उत्रिएका छन " मेराे ममिलाई यसरि मार्न पाईदैन , मेराे ममि फिर्ता गर , मलाई न्याय दे , ज्यानमारालाई फासी दे , मेराे ममिलाई न्याय दे , मेराे आशु पुछि दे " भन्दै प्रदर्शनमा हुमिएका छन । 

नयाँ बर्ष सुरु भए सगैँ सबैकाे घरमा खुसि र हर्ष बिचरा ति अबाेध बालककाे घरमा राेदन सगैँ लुटियाे उनकाे खुसी रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नषाँ वर्ष २०७९ को पहिलो दिन अमृता टण्डनकाे रहस्यमय हत्या भएकाे छ । तिलोत्तमा–२ स्थित जानकीनगरकमा २९ वर्षीया टण्डन को शंकास्पद मृत्यु भएकाे छ ।

अमृताको बुधबार राती आफ्नै घरकाे काेठामा मृत्यु भएको हो । पारिवारिक सम्बन्ध राम्राे नभए पछि अमृता लामाे समय देखि माईतिमै बसकि थिईन तर बिहीबार जानकीनगरमै माइती घरमा रहेकी अमृतालाई कहिले फाेन नगर्ने श्रीमान् प्रेम टण्डनले पटक पटक फोन गरेर घरमा बोलाएको एक घण्टा नबित्दै उनको मृत्यु भएको हाे। अमृतालाई परिवारकै सदस्यले बिष सेवन गराई हत्या गरेर छिमेक र प्रहरी कसैलाई खबर नगरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याएको माइती पक्षको आरोप छ । अस्पताल पुर्याउँदा चिकित्सकले अमृतालाई मृत घाेषणा गरेकाे थियाे ।

‘बुधबार करिब राति ८ बजेसम्म अमृता माईतमै थिइन्, ज्वाईले तीन पटकसम्म फोन गरेर घर आउने भए आईज नभए छोरालाई जे पनि हुनसक्छ छाेराकाे मुख देख्ने भए आईज भनेपछि उनि छाेराकाे मायाले घर गईन घर गएकाे केहि समयमै हाम्राे खुसि लुटियाे अमृता घर गएपछि साझँ ९:१४ बजे मलाई बचाऊ भनेर दाइलाई म्यासेज गरेकी रहिछ, साढे ९ बजे सम्म म्यासेज गरेकि अमृता दश नबज्दै मृत्यु भएको खबर माईति पक्षलाई आएकाे मृतकको आमा साबित्रा खत्रीले बताईन

मृत्यु हुनु भन्दा अगाडी दाजु सगँकाे कुराकानी :


" माईतिले भन्छन तेराे घर जा घरकाले भन्छन तेराे घर जा चेलिकाे जिन्दगी पनि कस्ताे घर न घाटकाे अब त्याे चेली कहाँ जाने " ??? माईतिलाई ईज्जत प्याराे भयाे बिहे गरेर घर गएकि चेलीलाई घरकाले टिक्न नदिने चेलिकाे फेर्नी सास गयाे "। 

"दाई म माेर्न चाहान्न म यहाँ बस्न पनि सक्दिन पिलिज दाई मलाई यहाँ बाट निकाल्न हेल्प गर्नु म निस्किन्छ "

तर त्यहाँ बाट निस्किन नपाउँद‌ै अन्तत उनि मृत्युको मुखमा पुगिन। 

छोरीलाई घरमा सासु, ससुरा, श्रीमानले धेरै पहिलादेखि नै गालीगलौज र मानसिक यातना दिंदै आएको अमृताकी आमा सावित्रा खत्रीले बताइन् । उनि घरकि एक्ली छाेरी थिईन । अमृताको ९ वर्षअघि प्रेम विवाह भएको थियो । पटकपटक यातना पाएपछि गत भदौमा वडा कार्यालयमा निवेदन दिएपछि अबदेखि मिलेर बस्ने सहमति भएको थियो। मृतकका ८ वर्षीय छोरा छन् । उनि कक्षा २ मा पढ्दै छन । घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारवाहीको माग गर्दै माइती पक्ष र स्थानीयले टण्डनको घर घेराउ गरि मृतककाे न्यायकाे माग गर्दै ईलाका प्रहरि कार्यलय बुटवलमा नाराबाजी गर्दै सडकमा उत्रिएका छन ।

माईति पक्षले भने माईतिमा बसेकि छाेरीलाई धम्कीदिएर घरमा बाेलाए सुनियोजित हत्या गरेकाे भन्दै दाेषि माथी कार्वाहीकाे माग दाबि गरेका छन । नाराबाजिकै क्रममा शुक्रबार दिउँसो प्रदर्शनकारि र प्रहरि बिच झडप पनि भएकाे थियाे प्रर्दशन गर्ने पिडित पक्ष र रिपोर्टिङकाे लागी पुगेकाे पत्रकार गरि १ दर्जन बढिलाई प्रहरले लाठीचार्ज गरि घाईते भएका छन ।

मृतकका परिवारले जाहेरि दिए अनुसार उनकाे श्रीमान् प्रेम टण्डन , सासु दिपा टण्डन ,र ससुरा पहल सिंह टण्डनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छाै। थप अनुसन्धानकाे लागी पाेष्टमार्टम रिपोर्टकाे आधारमा अगाडी बढ्ने ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार