मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

बैजनाथ उप प्रमुख कप प्रतियोगिता सुरु

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
प्रमुख जिल्ला अधिकारी खत्रीले बैजनाथ गाउँपालिकाले शुरु गरेको खेलकुद प्रतियोगिताले खेलाडी उत्पादन गर्नुका साथै बिद्यार्थिहरुको चौतर्फी बिकासका लागि सहयोग पुग्ने आगामी दिनहरुमा समेत शिक्षासंगै खेलकुद बिकास समितिले आयोजना गरेको प्रथम उप प्रमुख कप प्रतियोगिता कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गरे ।
६ पौष २०७९, बुधवार

बैजनाथ ।  बैजनाथ गाउँपालिका ७ नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयको खेलमैदानमा बुधबार स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ प्रथम उप प्रमुख कप बैजनाथ गाउँपालिका स्तरीय अन्तर बिद्यालय खेलकुद प्रतियोगिता:२०७९ बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीको प्रमुख आतिथ्यमा बुधबार भब्य रूपमा उद्घाटन सम्पन्न भएको छ।

उक्त उद्घाटन कार्यक्रममा बिशिस्ट अतिथी प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय राष्ट्रिय अनुसन्धान बाँके प्रमुख नगेन्द्र गिरी बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गंगाराम सापकोटा जिल्ला प्रहरी कार्यालय बाँके प्रहरी निरीक्षक प्रकाश सिंह कार्की नेपाली काङ्ग्रेस जिल्ला सह सचीव बिनोद कुमार थारु नेपाली काङ्ग्रेस बैजनाथ सभापति देब बहादुर के सि नेकपा एमाले बैजनाथ गाउँ कमिटी सचीव प्रेम प्रशाद सुवेदी नेकपा माओवादी केन्द्र बैजनाथ अध्यक्ष जय बहादुर बि क नेकपा एकीकृत समाजवादी बैजनाथ गाउँ कमिटी अध्यक्ष खडग बहादुर रजाली मगर राप्रपा बैजनाथ पार्टी अध्यक्ष मुक्ती प्रसाद थारु राष्ट्रिय स्वतन्त्र पार्टी सभापति धन बहादुर बस्नेत वडा अध्यक्ष रुप बहादुर मल्ल,राजु रुचाल,निखिल बैगार,प्रेम बहादुर शाही,देब बहादुर रावत भुपाल पुन मगर,दिनेश कुमार थारु,भग्गन थारु कार्यपालिका सदस्य भुमिसरा राना,मन्जु ओलि,कृष्ण कुमारी सुनार,फरिदुद्विन हलवाई,कमानसिंह सुनार शिक्षा शाखा प्रमुख विश्वराज ढकालले उपस्थित सबैलाई स्वागत मन्तव्य द्वारा स्वागत गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी खत्रीले बैजनाथ गाउँपालिकाले शुरु गरेको खेलकुद प्रतियोगिताले खेलाडी उत्पादन गर्नुका साथै बिद्यार्थिहरुको चौतर्फी बिकासका लागि सहयोग पुग्ने आगामी दिनहरुमा समेत शिक्षासंगै खेलकुद बिकास समितिले आयोजना गरेको प्रथम उप प्रमुख कप प्रतियोगिता कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गरे ।

प्रमुख अतिथी शाहीले बैजनाथ थारु किसान आन्दोलनको एउटा सहिद बैजनाथ थारुको भुमीमा किसानको सपना मात्र साकार पार्ने उदेश्य नभएर अब खेल जगतमा पनि देशको जनसंख्या धेरै भएको बैजनाथ गाउँपालिका खेलमा समेत उत्कृष्ट हुने र खेलाडीहरुलाई तालिम सहित ब्यवस्थापन गरेर देशकै उत्कृष्ट खेलाडी उत्पादन गर्ने गाउँपालिका सरकारले गर्ने र यस्ताखाले कार्यक्रम निरन्तर २०८४ सम्म सन्चालन गर्ने अध्यक्ष शाहिले प्रतिबद्धता जाहेर गरेका छन् ।

बुधबार भएको खेलमा सटपुट छात्र प्रथम प्रभात माध्यमिक जि गाउँ गगन सिजाली मगर १०.३० मिटर द्वितीय मेरी माउन्ट एकेडेमी सुजन प्रसाद मगर १०.०१ मिटर तृतीय हिमालय बिद्या निकेतन जि गाउँ नवीन ओलि ९.८४ मिटर सान्त्वना जनता आदर्श मा बि बैजनाथ २ सुदिप थारु ९.८२ मिटर छात्रा तर्फ 

दिपज्योती बिद्या निकेतन बैजनाथ २ एलिसा बस्नेत ६.६६ मिटर प्रथम भेरी फ्युचर इ मि स्कुल प्रसम्सा बोगटि द्वितीय जनता आदर्श मा बि बैजनाथ २ भुमिका सलामी मगर तृतीय 

सुर्योदय माध्यमिक बि चिसापानी अस्मिता महतरा सान्त्वना १०० मिटर दौड मा.बि.तर्फ प्रथम नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय ओरी लालपुरका मनोज बि क द्वितीय जनता आदर्श माध्यमिक बिद्यालय बैजनाथ २ नवीन बि क तृतीय कृयटिभ स्कुल एकेडेमी बैजनाथ १ चिसापानीका प्रसान्त सुनार 

छात्रा प्रथम दिप ज्योती बिद्या निकेतन एलिसा बस्नेत द्वितीय नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय लालपुर बबिता बि क तृतीय प्रभात नमूना माध्यमिक बिद्यालय जि गाउँ रेनु बुढा मगर 

मार्च पास प्रथम हिमालय बिद्या निकेतन 

द्वितीय भृकुटी ई मि स्कुल बैजनाथ २ डिगिया दिपज्योती बिद्या निकेतन बैजनाथ २ डिगिया तृतीय स्थान हासिल गर्न सफल भएको सचिवालय सदस्य लक्ष्मण सिंह ले जानकारी दिए।

प्रतिक्रिया

लालबहादुर थारू १३ जेठ २०८२, सोमबार

ताजा समाचार

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार