मुख्य समाचार
नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? |

भूमिहीन र अव्यवस्थित बसोबासीलाई भोगाधिकार दर्ता प्रमाण–पुर्जा वितरण सुरु

यूथ टुडे समाचारदाता 3303+ समाचार ( )
२९ पौष २०८२, मङ्गलबार

उदयपुर । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाले आफ्नो पालिकाभित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको दीर्घकालीन समस्या समाधानतर्फ ठोस कदम चालेको छ । 

नगरपालिकाले उनीहरूले वर्षौंदेखि भोगचलन गर्दै आएको ऐलानी जग्गाको नापजाँच सम्पन्न गरी श्रेस्ता तयार गर्ने, नक्सा निर्माण गर्ने तथा तीन पुस्ते विवरण सङ्कलनको प्रक्रिया पूरा गरेर भोगाधिकार दर्ता प्रमाण–पुर्जा वितरण सुरु गरेको हो ।

नगरपालिकाले मङ्गलवार वडा नम्बर ६ का ७६ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई भोगाधिकार दर्ता प्रमाण–पुर्जा वितरण गरेको हो । १० वटा वडा रहेको नगरले आफ्ना पालिका भित्र झन्डै १० हजार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेको तथ्याङ्क छ । 

जसमध्ये नगरले ३ हजार ७ सय ९ परिवारलाई  भोगाधिकार दर्ता प्रमाण–पुर्जा वितरण गर्ने तयारीसँगै मङ्गलवार वडा नम्बर ६ का ७६ जनालाई भोगाधिकार दर्ता प्रमाण–पुर्जा वितरण गरेको हो । यससँगै नगरले वडा नम्बर २ का १९६, वडा नम्बर ३ का ५३६, वडा ४ का ५३१, वडा नम्बर ५ का १९६ वडा नम्बर ७००, वडा नम्बर ८ का ७२, वडा नम्बर ९ का ४२४ र वडा नम्बर १० का ९७८ जनाको लागी भोगाधिकार दर्ता प्रमाण–पुर्जा निरन्तर वितरण गर्ने नगरले तयारी गरेको छ ।

नगरपालिकाका अनुसार भूमि समस्या समाधानका लागि नगरको को टिम र प्राविधिक टोलीको सक्रियतामा सम्बन्धित जग्गाको फिल्ड नापजाँच, सीमाङ्कन तथा कागजी प्रक्रिया सम्पन्न गरिएको छ । सो क्रममा स्थानीय सरोकारवाला, वडा स्तरीय समिति तथा लाभग्राहीहरूसँग निरन्तर समन्वय गर्दै तथ्याङ्क सङ्कलन गरिएको चौदण्डीगढी नगरपालिका भूमि शाखाका प्रमुख यज्ञराज श्रेष्ठले बताउनुभयो ।

चौदण्डीगढी नगरपालिकाले पहिलो चरणमा वडा नम्बर ६ बाट भोगाधिकार दर्ता प्रमाण–पुर्जा वितरणको सुरुवात गरेको हो । 

नगरपालिकाले भोगाधिकार दर्ता प्रमाण–पुर्जा वितरणपछि लाभग्राहीहरूले आफ्नो बसोबास र खेतीपाती गर्दै आएको जग्गामा कानुनी मान्यता प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् । 

भोगाधिकार दर्ता प्रमाण–पुर्जा प्राप्त गरे सँगै उनीहरूले आफूलाई स्थायित्व र सुरक्षा मिल्ने बाटो निर्माण भएको महशुस गरेका छन् । स्थानीय बासिन्दाहरूले नगरपालिकाको यो कदमलाई ऐतिहासिक र सराहनीय भन्दै खुशी समेत व्यक्त गरेका छन् । 

चौदण्डीगढी नगरपालिकाले भूमि समस्या समाधानलाई प्राथमिक एजेन्डाका रूपमा अघि बढाउँदै आएको र यो अभियानले सामाजिक न्याय र समावेशी विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ । नगरले आगामी दिनमा पनि भूमिहीन तथा कमजोर वर्गका नागरिकको जीवनस्तर सुधारका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार